२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीलाई खोपको व्यवस्था गरिदिन माग राख्दै मन्त्री राईलाई ज्ञापनपत्र

औषधी व्यवसायीलाई खोपको व्यवस्था गरिदिन माग राख्दै मन्त्री राईलाई ज्ञापनपत्र


विराटनगर – फ्रन्टलाइनमा रहेर बिरामीलाई औषधी बिक्री-वितरण गर्ने औषधी व्यवसायीहरूलाई राज्यले प्राथामिकतामा दिएर कोभिड-१९ विरूद्धको खोप लगाइदिनुपर्ने माग राखेका छन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी व्यवसायीहरुलाई राज्यले खोप लगाइ दिनुपर्ने माग राख्दै आइतबार प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

महामारीको रूपमा फैलिएको कोभिड-१९ विरूद्ध पनि विरामीलाई औषधी व्यवसायीहरुले बिक्री-वितरण गर्दै आएकोले फ्रन्टलाइनमा रहेर औषधी बेच्ने व्यवसायी र कर्मचारीहरुलाई पनि राज्यले पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप लगाइ दिनुपर्ने माग राख्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

‘माहारीको रुपमा फैलिएको संक्रमणको बेला पनि आफ्नो जीवनको प्रभाव नगरी औषधी व्यवसायीहरुले जनताको सेवा गर्दै आएका छन् । यो विषम परिस्थितिमा औषधिजन्य वस्तुहरुको ढुवानी गर्दा र बेचबिखन गर्दा संक्रमणको उच्च जोखिममा परिरहेको छ ।

‘औषधी व्यवसायीहरु र कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्य कतैबाट नगरिएकोले आफ्नो परिवार र सिंगो समाज समेत जोखिममा परिरहेको प्रति यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं,’ मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि पनि संघले चाँडो कोरोना विरुद्धको खोपको व्यवस्था मिलाइदिनुपर्ने माग राख्दै मुख्यमन्त्री शेरधन राईलाई पनि ज्ञापनपत्र बुझाएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ