२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानमा अख्तियारको छापा, महत्वपूर्ण कागजपत्र जफत

विपी प्रतिष्ठानमा अख्तियारको छापा, महत्वपूर्ण कागजपत्र जफत


विराटनगर -सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर महत्वपूर्ण कागजपत्र लिएर गएको छ ।

आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले आइतबार प्रतिष्ठानमा छापा मारेको हो  ।

प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियारले छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको छ ।

आयोगको टोली आइतबार बिहान ११ बजे प्रतिष्ठान पुगेको थियो । टोलीले शिक्षाध्यक्ष डा. गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयहरूमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए । प्रतिष्ठानसँग सम्बन्धित धेरै उजुरी आयोगमा परेको भएपनि प्रभाबकारी अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको छ ।

टोलीले खरिद तथा मूल्याङ्कन शाखाबाट केही कागजातहरू लिएर गएको छ । यसबारेमा अख्तियारले अनुसन्धानको क्रममा रहेको भन्दै केही जानकारी दिएको छैन ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भएको अनियमितता छानबिन गर्न र त्यससँग सम्बन्धित कागजात लिन आयोगको टोली फेरि पनि प्रतिष्ठान आउने बताइएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक दबाब सञ्जालले जेठ २४ गते प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र बुझाएको थियो ।

अख्तियारले प्रतिष्ठानमा छापा मारिरहँदा प्रतिष्ठानका उपकुलपति भने झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौंमा छन् । डा. ज्ञानेन्द्र गिरी उपकुलपति भएर आएपछि प्रतिष्ठानमा भ्रष्टाचारले चरम सिमा पार गरेको र बेथिती मौलाएको भन्दै नागरिक समाजले दबाबमुलक अभियान चलाइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ