२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम

सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम


धनगढी  – सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा प्रदेश लोक सेवा आयोगमार्फत विज्ञापन गरी धमाधम कर्मचारी भर्ना गरिरहेका छन् । तर, सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले अझै पाठ्यक्रम तयार गरेको छैन ।

प्रदेश लोकसेवा आयोगको वेभसाइटमा प्रकाशित गरिएका पाठ्यक्रममा स्वास्थ्य समुहको अधिकृतस्तरको कुनै पनि तह-श्रेणीको लागि हालसम्म पाठ्यक्रम तयार भएका छैनन् ।

प्रदेश लोकसेवा आयोगले हेल्थ इन्सपेक्सन समुहअन्तरर्गत पाँचौं तहको लागि हेल्थ असिसटेन्ट वा सो सरह र चौथौं तहको लागि अ.हे.व को लागि पाठ्यक्रम तयार गरेको छ । त्यस्तै, पब्लिक हेल्थ नर्सिङ समुहको लागि चौथौं तहको लागि अ.न.मि पदको लागि पाठ्यक्रम तयार गरेको छ ।

मेडिकल ल्याब टेक्नोलोजी समुहअन्तरर्गत ल्याव टेक्निसियन पाँचौं र ल्याब असिसटेन्ट चौथौं तहको लागि पाठ्यक्रम तयार गरिएका छन् । त्यस्तै, पब्लिक हेल्थ नर्सिङ समुह अन्र्तगत पाचौं तहको लागि पब्लिक हेल्थ नर्स र स्टाफ नर्सको लागि पाठ्यक्रम तयार गरिएका छन्। तर, यस प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा दक्ष जनशक्ति पदपुर्ति नहुदाँ सो दरवन्दीको लागि पाठ्यक्रम निर्माण गर्न सकेको छैन ।

आर्युेवेद समुहको पाचौं तहको लागि कविराज आर्युर्वेद साहायक र चौथौं तहको लागि वैद्य पदका लागि पाठ्यक्रम तयार गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका ९ अस्पतालमा विशेषज्ञ चिकित्सक तथा मेडिकल कल अधिकृत स्वीकृत दरबन्दी अनुसार पदपुर्ति भएको छैन । तर, प्रदेश सरकारले आफ्नो मातहत रहेका अस्पतालमा जनशक्ति पदपुर्तिको लागि अझै प्रक्रिया अगाडी बढाउन सकेको छैन ।

प्रदेशमा अहिले साहायकस्तरको कर्मचारीको अभाव रहेको सोहिअनुसारको पाठ्यक्रम तयार भएको प्रदेश लोकसेवा आयोग कार्यालयका सचिव दुर्गा दत्त विष्टले बताए । प्रदेश लोकसेवा आयोगको पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम निर्माण, विज्ञहरुसँग छलफल कार्य गरिरहेको र पाठ्यक्रम निर्माणको प्रक्रिया रहेको सचिव बिष्टले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने विशेषज्ञ चिकित्सक, आईसियु तथा भेन्टिलेटर संचालनको लागि आवश्यक प्रावधिक जनशक्ति नहुदाँ करोडौं खर्च गरी किनिएका उपकरणहरु संचालनमा आउन सकेका छैनन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ