२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेल मेडिकल कलेजद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

नोबेल मेडिकल कलेजद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

बिमा सेवा दिए बापत १ साउनसम्म ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको दाबी


विराटनगर–विराटनगरस्थित नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम स्थगनको निर्णय गरेको छ । बिमा सेवा दिएबापत १ साउनसम्म ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको भन्दै अस्पताल प्रशासनले १ साउन राति १२ बजेबाट लागू हुने गरी कार्यक्रम अनिश्चितकालको लागि स्थगित गरेको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य बिमा बोर्डलाई पटक–पटक रकम निकासाका लागि अनुरोध गर्दा पनि चासो नदेखाएपछि स्वास्थ्य बिमामार्फतको सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको बताए । ‘रकम अभावका कारण औषधी खरिदमा समस्या देखाप¥यो,’ उनले भने, ‘अस्पताल थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुगिसकेको छ ।’ यहाँ दैनिक ओपीडीमा १ हजार ९ सय बिरामीले सेवा लिने गरेका छन् । त्यसमध्ये दैनिक ६० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बिमा आउने गरेका प्रबन्धक दाहालले बताए ।

सरकारले ०७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार (५ जनासम्म) ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रति सदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ । अधिकतम सेवा सुविधाको सीमा २ लाख (१० जनाको परिवार सदस्य) सम्म रहेको छ । यो आर्थिक वर्ष स्वास्थ्य बिमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमको नियमन, अनुगमन, प्रचार–प्रसार, दाबी भुक्तानीको रुजुलगायत काम स्वास्थ्य बिमा बोर्डको हो । बोर्डका अनुसार हाल मुलुकभर ४ सय ४० वटा स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागु गरेका छन् । तर, अस्पताल व्यवस्थापनले कहिले समयमा रकम नपाएको भन्दै सेवा ठप्प पार्दा त कहिले फार्मेसीमा औषधि उपलब्ध नहुँदा बिमितहरू मर्कामा पर्दै आइरहेका छन् ।

१५ जेठमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा निजी कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी थालिने बजेटमा उल्लेख गरेका थिए । पछिल्लो समय आफ्नो योगदानअनुसारको सुलभ र प्रभावकारी सेवा पाउन नसक्दा कार्यक्रममा आकर्षण खस्कँदै गएको देखिन्छ । प्रत्येक वर्ष बिमितको नवीकरण संख्या घट्दै गएको भने नयाँ बिमितको संख्या उल्लेखनीय मात्रामा बढ्न सकेको छैन ।

बोर्डका अनुसार चालु आवको वैशाखसम्म ५५ लाख ६४ हजार ७ सय ५९ बिमित रहेकामा ५६.३१ प्रतिशत अर्थात् ३१ लाख ३३ हजार ९ सय ८३ जनाले मात्र नवीकरण गरे । त्यस्तै, ०७६/७७ मा १३ लाख १८ हजार ५ सय ८४ जनाले नवीकरण गरे भने ९ लाख २१ हजार ५ सय ५३ जना मात्र नयाँ बिमित थपिए । ०७७/७८ मा २२ लाख २९ हजार ७ सय २२ जनाले नवीकरण गरेकामा नयाँ बिमित १४ लाख ३० हजार ६ सय ९३ जना थप भएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ