गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १६:३३ मा प्रकाशित विराटनगर—स्नातक तहमा अध्ययरत विद्यार्थीहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन—२०७५ को बारेमा जानकारी गराइएको छ । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनको आयोजना र सेभ द अर्थको सहयोगमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना गराइएकोे हो । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स कलेज र विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य अधिकारको विषयमा जानकारी गराइएको हो । विद्यार्थीहरूलाई क्बलका अध्यक्ष एवं प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले स्वास्थ्य सचेतना दिएका थिए । स्नातक अध्ययनरत विद्यार्थीहरू अझै पनि प्रजनन स्वास्थ्य अधिकारबारे अनविज्ञ रहेको पाइएको थियो । नेपालमा असुरक्षित गर्भपतन हुनु र त्यसैको जटिलताहरू अझै पनि देखिनुसँगै महिलाहरू परिवार नियोजन सेवाप्रति आकर्षित नहुनु कारणबारे पनि विद्यार्थीहरू अनविज्ञ रहेका थिए । उनीहरूलाई प्रजनन स्वास्थ्य र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमको बारेमा डा. साहले जानकारी गराएका थिए । उक्त क्बलले विराटनगरस्थित मेरिल्याण्ड कलेजमा पनि यस्तै सचेतनामूलक कार्यक्रम मंगबलार आयोजना गर्ने भएको छ । अहिलेका युवा पुस्ताहरूमा यस्तो स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने हिमालय दर्शन कलेजका शिक्षक सुमित कुमार साहले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक… विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?