२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टस्वास्थ्य मन्त्रालय अन्तर्गतको विदेश भ्रमण : स्थानीय तह पूरै बाइपास

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विदेश भ्रमण : स्थानीय तह पूरै बाइपास


काठमाडौं—देशमा संघीय संरचनामा अनुसार तीन तहका सरकार संचालनमा छन् । तर, स्वास्थ्य मन्त्रालयमार्फत अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा हुने प्रतिनिधित्व भने सधैंझै केन्द्रमै हुने कर्मचारीहरुको हालीमुहाली भएको पाइएको छ ।

हेल्थ आवाजलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त २९ असार २०७५ देखि ७ साउन २०७६ सम्म अन्तर्राष्ट्रियस्तरका तालिम, भ्रमण तथा सेमिनारहरुमा भाग लिन जानेको संख्या ३ सय ६ रहेको छ । जसमध्ये २ सय ५९ जना (८४.४%) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र संघअन्र्तगत रहेका अस्पतालका चिकित्सक तथा कर्मचारी रहेका छन् ।

संघ अर्न्तगतका सात वटै सामाजिक विकास मन्त्रालय, ७ वटै प्रदेश डिभिजन कार्यालय, ७७ बटा जिल्ला जनस्वास्थ्य कार्यालय र प्रदेशअर्न्तगतका अस्पताल समेत गरी जम्मा ३२ जना (१०.३%) चिकित्सक तथा कर्मचारीले अन्तर्राष्ट्रियस्तरको तालिममा सहभागी हुन पाएका छन् ।

अचम्म लाग्ने कुरा त के भने आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी पाएको स्थानीय तहका कर्मचारीको अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा सहभागिता शुन्य छ । बरु, १५ जना (४.९%) उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री निकटका पार्टीका संसद तथा कार्यकर्ताले त्यस्ता कार्यक्रममा सहभागी हुन विदेश जान पाएका छन् ।

सधैभरि किन केन्द्रकै मात्र कर्मचारीले विदेशको अवसर पाउँछन् भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ वैदेशिक बैठकमा सम्बन्धित कर्मचारी जानुपर्ने हुँदा त्यस्तो भएको बताए । ‘अन्तर्राष्ट्रिय बैठकहरुमा तोकिएको महाशाखा शाखाका अधिकारीको उपस्थिती मात्र औचित्यपूर्ण हुन्छ,’ उनले भने, ‘हामीले चाहेर पनि अरुलाइ पठाउन सक्दैनौ ।’


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ