२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप सामाग्री जुटाउन नसक्दा कोरोना परिक्षण मेसिन चार दिनसम्म पनि जडान भएन

थप सामाग्री जुटाउन नसक्दा कोरोना परिक्षण मेसिन चार दिनसम्म पनि जडान भएन


धनगढी-संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन चार दिनसम्म पनि जडानमा हुन सकेको छैन । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तीव्रता दिन बुधवार आरटीपीसीआर मेसिन पठाएपनि अहिलेसम्म जडान नभएको हो ।

प्रदेश सरकारले जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अझै व्यवस्थापन गर्न नसक्दा मेसिन जडानमा समस्या भएको प्राविधिकहरुले बताएका छन् । प्रदेश सरकारलाई आवश्यक १० बढी सामानमा अधिकांश सामानको व्यवस्थापन गरेपनि काठमाडौंबाट ल्याउनुपर्ने सामान भने अझै खरिद गर्न सकेको छैन ।

प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने सबै सामाग्री व्यवस्थापन नहुँदा जडानमा ढिलाइ भएको माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए । उनले अब केही सामान मात्रै आउन भएकाले सामान धनगढी पुग्नासाथ मेसिन मार्फत परीक्षण सुरु हुने बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाइन विस्तार र फर्निचरको काम जारी रहेको बताए । उनका अनुसार प्रयोगशालामा आवश्यक युपिएसको समेत व्यवस्थापन भइसकेको छ । अब काठमाडौंबाट सेन्टी फ्युज मेसिन खरिद गर्न बाँकी रहेको छ ।

सामाजिक विकास मन्त्रालयले उक्त मेसिन काठमाडौंबाट आज नै खरिद गरी ल्याउने तयारी भइरहेको जनाएको छ । केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको थियो । उक्त मेसिन मार्फत १२ घण्टामा दुई सय ७० जनाको परीक्षण गर्न सकिनेछ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ