२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित

सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित


धनगढी—सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

भर्खरै प्राप्त जानकारीअनुसार शनिबार बझाङका ६ जना, कन्चपुरका ३ जना, कैलाली र अछामका १/१ जनामा कोरोना संक्रमण देखिएको छ । बझाङको खप्तड छान्ना—३ का ४ जना ७०, ५७, ३८ र २५ वर्षका पुरुष र ४०, ४४ वर्षका २ जना महिलामा कोरोना देखिएको हो ।

यस्तै, कन्चनपुरका ३८, ३८, र १८ वर्षीय ३ जना पुरुषमा कोभिड—१९ पोजेटिभ देखिएको हो । अछामको मंगलसेन—१ कुन्तीका ५२ वर्षीया महिला र कैलाली धनगढी—४ का ५५ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसअघि देशका अन्य विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्ला २४ घण्टामा २०७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको थियो

सुदूरपश्चिममा थप ११ जनाका कोभिड—१९ देखिएसँगै पछिल्ला २४ घण्टामा कोभिड—१९ पोजेटिभ देखिनेको संख्या २१८ पुगेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ