२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा पाँच हजार आठ सय एचआईभी संक्रमित

सुदूरपश्चिममा पाँच हजार आठ सय एचआईभी संक्रमित


धनगढी-महिला, बालवालिका तथा तेस्रो लिङ्गी एचआईभी एड्सबाट बढी पीडित रहेको बताइएको छ । राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका अनुसार महिला, बालबालिका तथा तेस्रो लिङ्गी एचआइभीबाट तुलनात्मक रुपमा बढी पीडित छन् ।

मुलुकभर ३१ हजार २० जना एचआईभी संक्रमित रहेकोमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको महासंघले जनाएको छ । यो प्रदेशमा ५ हजार ८ सय ८१ ज्नामा एचआईभी संक्रमण रहेको जनाइएको छ । प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा २ हजार ६३४ जना संक्रमित छन् । सबैभन्दा कम दार्चुलामा १४ जनामात्र रहेका महासंघले जानकारी दिएको छ ।

सुदूरपश्चिममा एचआइभी संक्रमितको तथ्यांकभन्दा अझ बढी रहेको महासंघका सुदूरपश्चिम सहजकर्ता सरिता श्रेष्ठले बताइन् । समाजको अपहेलनाको डरले धेरै संक्रमित अझै खुलेर आउन नसकेका उनले बताइन् । एचआईभी संक्रमितलाई हेलाको रुपमा हेर्ने सामाजिक दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन ।

संक्रमितहरु पनि समाजमा खुलेर बस्न समस्या हुने गरेको बताउँछन् । समाजले आफूहरुलाई हेलाको दृष्टिले हेर्ने गरेको उनीहरुको गुनासो छ । एचआईभी संक्रमित गोदावरी नगरपालिका–११, का दिलबहादुर वडले अझै पनि समाजमा एचआईभी संक्रमितहरु खुलेर आउन नसकेको बताए ।

एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नभएको उनको भनाइ छ । एचआईभी संक्रमितहरुले पनि अरु सरह बाँच्न पाउनु पर्ने वडले बताए । कतिपय संक्रमितहरु अझै उपचारको दायरामा आउन नसकेको उनले भनाइ छ ।

महाकाली अञ्चल अस्पतालको एआरटी सेन्टरका नन्दराम भट्टले संक्रमितहरुको उपचारमा पनि विभेद् हुने गरेको बताए । एचआईभी पोजटीभ भन्ने बित्तिकै उनीहरुको अप्रेशन गर्नुपर्ने भएमा डाक्टरहरुले पनि उपचार नगर्ने उनको गुनासो छ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका संयोजक क्यारोन राजथलाले २०१७ को तथ्यांकअनुसार नेपालमा ३१ हजार २० जना एचआईभी संक्रमित रहेको बताए । अहिलेसम्म धेरै जना खुलेर आउन नसकेको उल्लेख गर्दै उनले संक्रमितहरु स्वयम् खुलेर बाहिर आउनुपर्ने बताए । त्यसका लागि महासंघले जनचेतनामुलक कार्यक्रम गरिरहेको पनि उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ