२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकञ्चनपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै

कञ्चनपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै


महेन्द्रनगर- कञ्चनपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारसम्म ८ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जनाएको छ ।

कार्यालयका अनुसार बेल्डाडी, पुनर्बास, बेलौरी, झलारी र भीमदत्त नगरपालिकाका ८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । कञ्चनपुरमा तीन दिनमा ८ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।

उनले जिल्लामा हालसम्म ९ जना डेंगीका र ८ जना स्क्रब टाइफसका बिरामी फेला परेको बताउँदै तुलनात्मक रुपमा स्क्रब टाइफसको जोखिम बढ्दै गएको जनाए । उनका अनुसार स्क्रब टाइफसका बिरामीले जिल्ला बाहिर उपचार गरेको भेटिएकाले उनीहरुको पहिचान गर्ने काम भइरहेको छ ।

यता, महाकाली अस्पतालले भने जिल्लामा स्क्रब टाइफसका बिरामी देखिए पनि उपचारका लागि भने नआएको जनाएको छ । स्क्रब टाइफसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने, मांशपेशी दुख्ने, टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने र शरीरमा बिमिरा आउनेजस्ता लक्षण देखिने गर्दछ । यसबाट बच्न शरीर ढाक्ने गरी लुगा लगाउन, खुल्ला ठाउँमा शौच नगर्न स्वास्थ्यकर्मीको सुझाव छ


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ