२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेलधुरा र बैतडीमा आँखा शिविर सम्पन्न

डडेलधुरा र बैतडीमा आँखा शिविर सम्पन्न


कैलाली-नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालकोे आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा संचालित आँखा शिविरहरु सम्पन्न भएका छन् । भाद्र २९ गतेदेखि असोज ३ गते आँखा उपचार केन्द्र डडेल्धुरा र आँखा उपचार केन्द्र बैतडीको पाटनमा संचालित आँखा शिविरहरु सम्पन्न भएका हुन् ।

जम्मा १ हजार २८ जनाको आँखा परीक्षण गरिएका उक्त शिविरहरुमा २ सय ३ जना मोतिविन्दुका बिमारीहरुको निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ ।

उक्त शिविरहरुमा २ जना आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै ८ सय २३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

गेटा आँखा अस्पतालका निर्देशक एवं बरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्तको नेतृत्वमा संचालित शिविरमा अन्य १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

उक्त शिविर संचालनमा नेपाल नेत्र ज्योति संघ बैतडी र आँखा उपचार केन्द्र सहयोग समिति डडेल्धुराका पदाधिकारीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए । यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित १३ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराइने नियमित उपचार सेवा प्रदान गर्दै आएको छ ।

साथै, अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ