२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पताल परिसरमा सञ्चालित निजी फार्मेसी बन्द गर्न दिएको निर्देशन कार्यान्वयनमा अटेरी

सेती अस्पताल परिसरमा सञ्चालित निजी फार्मेसी बन्द गर्न दिएको निर्देशन कार्यान्वयनमा अटेरी


धनगढी-सुुदूरपश्चिम प्रदेश सरकारले अस्पताल परिसरभित्र निजी फार्मेसी संञ्चालन नगर्न दिएको निर्देशन कार्यान्वयनमा अटेरी भएको छ। फार्मेसी सेवा निर्देशिकाअनुसार अस्पताल परिसरभित्र निजी फार्मेसी संञ्चालन गर्न नपाइने भन्दै तत्काल हटाउन सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई परिपत्र गरेको थियो।

गत भदौं २५ गते नै सेती प्रादेशिक अस्पताल परिसरमा संञ्चालित निजी फार्मेसीलाई हटाउन निर्देशन दिइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले बताए । तर, अस्पतालले भने उक्त निर्देशन कार्यान्वयन गरेका छैनन् ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल फार्मेसी सेवा निर्देशिका-२०७२ अनुसार अस्पताल परिसरभित्र निजी औषधि पसल संञ्चालन गर्न नपाइने नियम बनाइएको छ ।

तर, विगत लामो समयदेखि सेती प्रादेशिक अस्पताल परिसरभित्र संञ्चालीत फार्मेसी हटाउन लिखित तथा मौखिक निर्देशन दिइएको विष्टले बताए । सेती प्रादेशिक अस्पतालको सपिङ कम्प्लेक्समा २१ वटा औषधि पसलहरु संञ्चालनमा छन् भने ती मध्ये चार वटा औषधि पसल अस्पतालको भित्रपट्टी रहेका छन् ।

मन्त्रालयले ती औषधी पललहरुको नाम नै उल्लेख गरी यथाशीघ्र हटाउन निर्देशन दिएको छ। अस्पतालले निजी फार्मेसी हटाउन अटेरी गरेको आरोप मन्त्रालयको छ भने अस्पताल प्रशासनले आन्तरिक तयारी भइरहेकाले केही दिनमा ३५ दिने सूचना जारी गर्ने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रेहको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा लिनको लागि प्रदेशभरिकै बिरामीहरु आउने गरेका छन्। अस्पतालकै फार्मेसी व्यवस्थित रुपमा संञ्चालन भए सस्तो मुल्यमा औषधि खरिद गर्न सकिने भन्दै निजी फार्मेसीलाई संञ्चालनमा रोक लगाएको बताइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ