२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा प्रादेशिक स्वास्थ्य सम्बन्धी वार्षिक समीक्षा गोष्ठी सुरु

धनगढीमा प्रादेशिक स्वास्थ्य सम्बन्धी वार्षिक समीक्षा गोष्ठी सुरु


धनगढी—कैलालीको धनगढीमा स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य कार्यालयहरूबाट सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना कार्यान्वयन गोष्ठी सुरु भएको हो । गोष्ठी तीन दिनसम्म चल्ने छ ।

मुलुक नयाँ संरचनामा गएपछिको यो दोस्रो समीक्षा गोष्ठी हो । स्वास्थ्य निर्देशनालय दिपायलको आयोजनामा सुरु भएको गोष्ठीको सोमबार स्वास्थ्य सेवा विभागका महा निर्देशक डा. रोशन पोखरेलले उद्घाटन गरे । गोष्ठीको उद्घाटन गर्दै पोखरेलले अब प्रदेशहरू स्वास्थ्य सेवाको हकमा आफै अधिकतम जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

उनले कर्मचारी समायोजनले गत वर्षबाट केही सकस सुरु भएको भएपनि केन्द्रबाट चाडै त्यसको समाधान गरिने र प्रदेशहरूले पनि सेवा प्रवाह तथा स्वास्थ्यको क्षेत्रमा कामकाजको तदारुकता बढाउनुपर्नेमा जोड दिए ।

गोष्ठीमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. सुशील प्याकुरेलले सुदूरपश्चिमको स्वास्थ्य सेवा विगतभन्दा संघीयतामा झन् खस्किएको प्रति चिन्ता व्यक्त गरे । डा. प्याकुरेलले सुदूरपश्चिममा पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक समेत रहेर काम गरेका थिए ।

विगतमा सुदूरपश्चिम स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा केही अघि रहेको कुरा उल्लेख गर्दै उनले अब प्रदेश सरकारले फेरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा चासो दिनुपर्नेमा जोड दिए ।

गोष्ठीमा स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले प्रदेशको गुणस्तरीय स्वास्थ्यको अवस्था विगतभन्दा संघीयतामा १/२ प्रतिशतसम्म तल झरेको भन्दै संघीय सरकारले समेत यसमा चासो पु¥याउनुपर्ने बताए ।

गोष्ठी प्रदेशको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा गहन छलफल गरेर भावी योजना, प्रदेशको कार्य योजना र स्वास्थ्य सम्बिन्ध कानुन बनाउन महत्त्वपूर्ण बन्ने प्रदेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर विष्टले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ