२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. शाह मृत्यु प्रकरणः प्रेमी भनिएका डा. भट्टराई प्रहरी नियन्त्रणमा

डा. शाह मृत्यु प्रकरणः प्रेमी भनिएका डा. भट्टराई प्रहरी नियन्त्रणमा


धनगढी-धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा डा. शाहका पूर्व प्रेमी समेत रहेका विकल र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।

उनकाअनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै मायामेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई समातिएको हो। उनीहरु अहिले प्रहरी थुनामा छन्।

प्रहरीकाअनुसार डा. भट्टराई मृतक शाहसँग प्रेम सम्बन्धमा थिए। मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

उनकाअनुसार घटनाबारे अनुसन्धान र सोधखोज जारी छ। जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए। माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको मोबाइल प्रहरीले बरामद गरेको छ। मोबाइलमा घटना सम्बन्धीका प्रमाणहरु रहेको स्रोतले बताएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ