२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराइयो

बझाङमा भूकम्पपछि अस्पताल बाहिरै सुत्केरी गराइयो

८ जना घाइतेको बझाङ अस्पतालमा उपचार हुँदैं


धनगढी—बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिन थालिएको छ। मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालेर स्वास्थ्यकर्मीहरुले सुत्केरी गराएका छन् ।

बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीले अस्पताल बाहिरै सामान्य डेलीभरी गराइएको बताए ।

 

‘भूकम्पपछि हामीले गर्भवतीलाई बाहिर निकालेर नर्मल डेलिभरी गरायौं,’ डा. जोशीले भने, ‘आमा र बच्चा सामान्य अवस्था छ ।

डा. जोशीकाअनुसार भूकम्पका कारण ७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक जनाको खुट्टामा चोटपटक लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

उनकाअनुसार सामान्य घाइतेहरुमा १८ वर्षीया सुनिता रोकाया, ३ वर्षीया निकिता बोहरा, ७ वर्षीया सलिना जोशी, १६ वर्षीया अलिस बम, प्रमिला जोशी, १३ वर्षीया सविता रोकाया र ३६ वर्षीया शान्ति देवी थापा रहेका छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो।

केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ