२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा ३ हजार एचआइभी संक्रमित स्वास्थ्य सेवा लिदैं

सुदूरपश्चिममा ३ हजार एचआइभी संक्रमित स्वास्थ्य सेवा लिदैं


कैलाली—सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जना एचआईभी संक्रमितहरु औषधी सेवा र नियमित स्वास्थ्य जाँच गराइरहेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधी सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने संक्रमितहरुको संख्या बढ्दैं गइरहेको जानकारी दिए ।

‘सुदूरपश्चिमका नौ जिल्लामै एआरटी सेवा केन्द्रबाट हामीले विगतदेखि स्वास्थ्य सेवा दिइरहेका छौं,’ तथ्याङ्क सहायक गिरीले भने, ‘यहाँ १६ वटा एआरटी सेवा केन्द्रबाट संक्रमितहरुलाई सुविधा दिइएको छ ।’

निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली जिल्लमा एक हजार तीन सय ४५ जना संक्रमित नियमित स्वास्थ्य सेवा लिइरहेका छन ।

त्यसैगरी अछाममा ६४२, डोटीमा ५१५, कञ्चनपुरमा ३०७, बैतडीमा १०६, डडेल्धुरामा ९१, बझाङ्गमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना संक्रमितहरु नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको गिरीको बताए ।

‘प्रादेशिक अस्पतालदेखि अञ्चल, जिल्ला अस्पताल हुँदै केही जिल्लामा स्वास्थ्य केन्द्रसम्म एआरटी शाखा स्थापना गरेर सेवा दिइरहेका छौं,’ उनले भने, ‘यहाँ औषधी, सबैखालको निःशुल्क जाँचदेखि आर्थिक अवस्था कमजोर भएकालाई आवात जावतका लागि गाडी भाडाको समेत प्रवन्ध गरिएको छ ।’

त्यसैगरी गत बर्ष यहाँका जिल्लाहरुमा गर्भवती महिलाहरुको स्वास्थ्य जाँचका क्रममा एचआइभी परीक्षण गर्दा अछाम, कञ्चनपुर र डडेल्धुरामा गरी ६ जना महिलामा यसको संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा रहेको एआरटी शाखाका प्रमुख नन्दराम भट्टले नियमित स्वास्थ्य प्रति ख्याल गर्ने संक्रमितहरु बढिरहेको बताए ।

‘यसको संक्रमण हुदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ,’ उनले भने, ‘औषधीको नियमित सेवा र स्वास्थ्य सेवा लिदा केही पनि हुँदैन ।’ पछिल्लो समय संक्रमितहरु खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिइरहेको भट्टको भनाइँ छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ