२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकरार चिकित्सकका भरमा जिल्ला अस्पताल, स्टाफ नर्स पनि छैनन्

करार चिकित्सकका भरमा जिल्ला अस्पताल, स्टाफ नर्स पनि छैनन्


धनगढी—नवौं तहका एकजना र आठौं तहका दुईजना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बैतडी अहिले करारका डाक्टरको भरमा सञ्चालन भैरहेको छ ।

जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ समेत रहेका डा. जगदीशचन्द्र विष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो ।

जिल्ला अस्पताल बैतडीमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. बसन्तराज जोशीले बताए ।

करारका डाक्टरलाई आर्थिक अधिकार समेत नदिँदा समान्य आर्थिक गतिविधि सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या भएको डा. जोशीले बताए । जिल्ला अस्पतालमा सञ्चालित जटिलतायुक्त प्रसुती सेवा पनि करारका चिकित्सकै भरमा सञ्चालनमा रहेको छ ।

अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या भएको छ । यस्तै, जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त रहेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ