२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै

सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै


धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिकाको वडा नं ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश ब्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न वेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छन् ।

यहि माघ ०६ गते वेल्जियमकी राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ सेवा विभागका निर्देशक आउने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

वेल्जियमकी राजकुमारी एस्ट्रिड वेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् । उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन् ।

दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संसाधन विकास प्रतिष्ठानले भौतिक पूर्वाधारमा सहयोग रहेको स्वास्थ निर्देशनालयका क्षयरोग कुष्ठरोग निरीक्षक मनोज ओझाले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ