२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै

सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्रको स्थापना, वेल्जियमकी राजकुमारी कैलाली आउँदै


धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिकाको वडा नं ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश ब्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको छ । उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न वेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छन् ।

यहि माघ ०६ गते वेल्जियमकी राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ सेवा विभागका निर्देशक आउने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

वेल्जियमकी राजकुमारी एस्ट्रिड वेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् । उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन् ।

दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संसाधन विकास प्रतिष्ठानले भौतिक पूर्वाधारमा सहयोग रहेको स्वास्थ निर्देशनालयका क्षयरोग कुष्ठरोग निरीक्षक मनोज ओझाले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ