२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्टः महिलाहरु कति वर्षसम्म सन्तान जन्माउन सक्षम हुन्छन् ?

भिडियो रिपोर्टः महिलाहरु कति वर्षसम्म सन्तान जन्माउन सक्षम हुन्छन् ?


महिलाहरुले ५० वर्षसम्ममा गर्भधारण गर्न सक्छन्। त्योभन्दा माथि शरीरले पनि दिदैंन। उमेरलाई मात्र नभएर गर्भधारण गर्नको लागि महिलाको स्वास्थ्य कतिको बलियो छ, अन्य रोग छ छैन यी सबै कुरालाई ध्यानमा राखेर मात्र ५० वर्षसम्म गर्भधारण गर्न सकिन्छ।

गर्भधारण गर्नको लागि महिलाको गर्भनली, डिम्बाशय, स्वस्थ पाठेघर, पुरुषको स्वस्थ्य शुक्रक्रिट आवश्यक छ। महिनावारी सुकिसक्यो, वा केहि कारणवास डिम्बाशय निकालेर फ्याकिएको अवस्थामा अरुको अण्डा लिएर पनि गर्भधारण गर्न सकिन्छ। नली छैन वा शुक्रकिट घटबढ भएमा डोनरबाट आइभीएफ प्रविधिबाट गर्भधारण गर्न सकिन्छ। तर, त्यसको लागि पाठेघर स्वस्थ हुनुप-यो। पाठेघर नभएको खण्डमा कुनै पनि उपायबाट महिलाले सन्तान जन्माउन सक्दिनन् ।

पाठेघर स्वस्थ्य छ वा छैन भनेर हामी अल्ट्रा साउण्डको माध्यमबाट पत्ता लगाउन सकिन्छ। ३० प्रतिशत केसमा भने पाठेघरमा मासु पलाएको कुरा अल्ट्रासाउण्डबाट हेर्दा नदिने हुँदा दुरविन प्रविधिबाट हेर्न सक्छौं।

त्यस्तै, धेरै महिलाहरुले गर्भपतन गर्ने गरेको पाइन्छ। महिलाले सुरक्षित गर्भपतन नगराउँदा त्यसको दुषप्रभाव पाठेघरमा पर्न जान्छ। त्यसले गर्दा पाठेघरको भित्ता एकअर्कासँग टासिएर गर्भ रहन नमिलेर गर्भधारण हुन् नसक्ने हुन्छ। त्यस्तै, सानो तिनो मासु पलाएको केसमा दुरविन प्रविधिले पनि केहि हदसम्म समाधान गर्न सकिन्छ। तर, त्यसको भित्ता पुरा रुपले टासिएको र जटिल छ भने सम्भावना हुँदैन।

आइभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान  हुन्छ ?

  • कम्तिमा पनि हामीले पाठेघरमा दुईवटा भ्रुण राख्ने हुँदा जुम्ल्याहा हुने सम्भावना उच्च हुन्छ। तर, यसको दावी हामी गर्दैन्नौं। नहुन पनि सक्छ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ