२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेयुवा स्टार मनिष डाँगीलाई मैदानबाटै रेस्क्यु गरेका फिजियोथेरापिष्ट सुरज भुषालको अनुभव (भिडियो)

युवा स्टार मनिष डाँगीलाई मैदानबाटै रेस्क्यु गरेका फिजियोथेरापिष्ट सुरज भुषालको अनुभव (भिडियो)


फिजियोथेरापिष्ट सुरज भुषालले खेलकुदबाट ख्याती कमाएका युवा स्टार मनिष डाँगीलाई मैदानबाटै रेस्क्यु गरेका थिए। स्मरण रहोस, लिग अन्तरर्गत ४ महिना अघि  दशरथ रंगशालामा आयोजित मच्छिन्द्र र च्यासल विरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष केही मिनट लगतै चोटिल बनेर मैदानमै ढलेपछि फिजियोथेरापिष्ट भुषालले प्राथमिक उपचार गरेका थिए ।

त्यससमय उनलाई मैदानबाट तत्काल उद्दार गरी अस्पताल गराइएको अनुभव सुनाउँदै फिजियोथेरापिष्ट भुसालले भने, ‘खेलको ६३ मिनेटमा च्यासलविरुद्धको खेलमा मनिषको टाउकोमा चोट लागेको थियो। त्यसको ६ सेकेन्डमै मैदानमा पुगेर मैले नजिकैबाट हेर्दा उनलाई श्वास फेर्न गाह्रो भएको दांत काटिरहेका थिए। तत्कालै सीपीआर (कार्डियोपल्मनरी रिससिटेसन) सुरु गरिहाले ।’

‘चार देखि ६ मिनेटसम्म सीपीआर दिएपछि मनिष होसमा आएर उनले ‘दाइ मलाई के भएको हो ? भनेर सोधे । मैले सामान्य चोट लागेको हो भनेर आश्वस्त पार्न खोजेँ र करिब सात मिनेटको सीपीआरपछि उनलाई ब्लु क्रस अस्पताल दौडाइएको थियो ।’

अस्पतालमा आवश्यक परीक्षण गराए पछि उनी केहि समयका लागि आराम गरे । अहिले त उनी स्वस्थ भएर खेलमा पुन: लागिसकेको फिजियोथेरापिष्ट भुषालले बताए ।


क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ