२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगयस्ता छन् पुतली आशन र अर्धाचक्रासनका फाइदा

यस्ता छन् पुतली आशन र अर्धाचक्रासनका फाइदा


आजभोलि मोटोपना एक आम समस्या बनेको छ । यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ।

तर, तपाईंले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ।

पुतली आशन

पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईंको शरीर तनावमुक्त पनि रहन्छ।

यसरी गर्नुहोस

  • यो आशन गर्नुअघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्।
  • ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र
  • लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्।
  • अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्।

अर्धचक्राशन

यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् ।

यो आशन अपनाउने तरिका;

  • सर्वप्रथम सिधा उभिने,
  • आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने,
  • आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने,
  • ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने

-एजेन्सी


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ