गृहपृष्ठ ∕ योग ∕ यस्ता छन् पुतली आशन र अर्धाचक्रासनका फाइदा यस्ता छन् पुतली आशन र अर्धाचक्रासनका फाइदा हेल्थ आवाज शनिबार, २०७९ असोज २२ गते, ०६:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ । यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाईंले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईंको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नुअघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्राशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका; सर्वप्रथम सिधा उभिने, आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने, आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने, ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात योग के हो ? यसका प्रकार र फाइदा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात योग के हो ? यसका प्रकार र फाइदा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट