२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगकपालभाती प्राणायाम योग गर्ने तरिका र फाइदाहरू

कपालभाती प्राणायाम योग गर्ने तरिका र फाइदाहरू


योग शरीरलाई स्वस्थ राख्ने एक लाभदायी तरिका हो । योगको नियमित अभ्यासले शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ । हाम्रो शरीरमा लाग्ने विभिन्न प्रकारका रोगहरूले शारीरिक तथा मानसिक दुवै तवरबाट हानी पुर्‍याइरहेका हुन्छन् । तर एउटा सही तरिकाको योगासनले विभिन्न प्रकारका रोग हुनबाट छुटकारा दिन्छ  र शरीरलाई स्वस्थ बनाउँदछ ।

कपालभाती प्राणायामले कलेजो र मिर्गौलामा लाग्न सक्ने रोगहरूलाई टाढा राख्न मद्दत गर्दछ । यसको अभ्यास शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यको लागि आवश्यक छ । मुटुसम्बन्धी प्राय रोगको मुख्य कारण उच्च रक्तचाप हुने गर्दछ ।

जसलाई कम गर्नको लागि यो योग गर्ने गरिन्छ । यस किसिमको योग गर्दा मुटुको मांसपेशीलाई आराम मिल्छ र रक्त सञ्चार राम्रो हुन्छ । मुटुलाई स्वस्थ राख्ने प्राणायाममा भस्त्रिका, कपालभाति र अनुलोम–विलोमको पनि बानी गर्नुपर्छ ।

कसरी गरिन्छ कपालभाती प्राणायाम ?
-कपालभाति गर्दा सुरुमा पद्मासन रहेर दुवै हातले चित्त मुद्रा बनाउनु पर्छ ।
-यो योग गर्दा पेटलाई छातीभन्दा भित्र तान्नु पर्दछ ।
-आँखा बन्द राख्ने र शरीरलाई आराम पूर्वक शिथिल बनाउने ।
-अब नाकको दुवै प्वालबाट गहिरो लामो श्वास लिने र त्यसरी नै लिएको श्वासलाई बाहिर फाल्ने ।
-यदि यो सुरुवातको अवस्था हो भने सुरुका दिनमा ५ मिनेट जति गर्ने र त्यसपछि बिस्तारै समयावधि बढाउँदै लैजाने गर्नुपर्छ ।

यसका फाइदाहरू ः
-यसले रगतमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ ।
-श्वासको यो योगले फोक्सोको क्षमता बढाउँदै बलियो बनाउँदछ ।
-शरीरमा भएका विषाक्त पदार्थलाई निकाल्न मद्दत गर्छ ।
-यसले मस्तिष्कका केशिकाहरूलाई सक्रिय गर्दै स्मृति र एकाग्रता बढाउन मद्दत गर्छ ।
-यसको अभ्यासको तनाव कम हुन्छ ।
-यसले त्वचालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
-दम रोगीहरूको लागि पनि यो फाइदाजनक छ ।
-पाचनसम्बन्धी समस्याहरूलाई पनि टाढा बनाउँछ ।

अमर उजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ