२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगमेटाबोलिज्मलाई नियन्त्रण गर्दै तौल घटाउन फाइदाजनक ३ योगासन

मेटाबोलिज्मलाई नियन्त्रण गर्दै तौल घटाउन फाइदाजनक ३ योगासन


शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न सबैलाई मेटाबोलिज्म ठिक राख्ने उपाय अपनाउँदै जान स्वास्थ्य विज्ञहरूले सुझाव दिने गर्दछन् । मेटाबोलिज्म भनेको शरीरका कोशिकाहरूमा हुने रासायनिक प्रतिक्रिया हो जसले खानालाई ऊर्जामा रूपान्तरण गर्छ ।

उचित मेटाबोलिज्मसँगै अधिकतम पोषक तत्त्व खानाबाट प्राप्त गर्न सकिन्छ । यसमा पनि यही समस्याले तौल बढ्ने, मधुमेह र अन्य धेरै प्रकारका स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

मेटाबोलिज्म को समस्यालाई कम गर्न सबैले खानपान र शारीरिक क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । सम्बन्धित विकारहरूको जोखिमबाट बच्न, दैनिक दिनचर्यामा योगासनहरू समावेश गर्नु राम्रो विकल्प हुन सक्छ । योगलाई इन्डोक्राइन अङ्गहरूलाई उत्तेजित र बलियो बनाउन, र समग्र स्वास्थ्यको लागि लाभदायक पनि भनिन्छ।

बालबालिकादेखि वृद्ध वृद्धासम्म योगलाई दिनचर्याको हिस्सा बनाउनु निकै फाइदाजनक हुन्छ ।

जानौँ यस सम्बन्धी योगासन

१. हलासन


हलासन योग मुद्रामा खुट्टालाई टाउकोबाट पछाडि लैजानुपर्छ, यसले थाइरोइड, एड्रेनल र पिट्यूटरी ग्रन्थीहरूमा रक्तसञ्चार बढाउँछ, जसले फील–गुड, एन्डोर्फिन र अन्य आवश्यक हर्मोनहरू निस्कन्छ । यो मेटाबोलिज्मलाई कायम राख्न र बढाउनका लागि आवश्यक छ । हलासन योग शरीरलाई तन्काउन र पाचन अंगका लागि पनि निकै लाभदायक मानिन्छ ।

२.शलभासन योग


शलभासन योग शरीरको लागि धेरै तरिकामा लाभदायक अभ्यासहरू मध्ये एक मानिन्छ, विशेष गरी मेटाबोलिक विकारहरूको जोखिम कम गर्न । यो मधुमेह नियन्त्रण गर्न र तौल बढ्नबाट रोक्नको लागि एक उत्कृष्ट व्यायाम हो।
मेरुदण्ड लचिलो बनाउनुका साथै घाँटी, काँध, हात र ढाड बलियो बनाउनमा यो योगको फाइदा रहेको जनाइएको छ । शलभासनले पेटको अङ्गहरूलाई उत्तेजित गरेर पाचन सुधार गर्न पनि फाइदा पु-याउन सक्छ।

३. धनुरासन


धनुरासन योगलाई रक्तसञ्चारलाई बढाउनुका साथै पाचन क्रियालाई पनि फाइदाजनक मानिन्छ। यसले मृगौला, कलेजो, प्यानक्रियाज र आन्द्राका लागि पनि फाइदा पुयाउन सक्छ। यस अभ्यासको फाइदाहरू पछाडि र पेटको मांसपेशीलाई बलियो बनाएर र मेटाबोलिज्म दर बढाएर मधुमेह र यसका जटिलताहरू जस्ता समस्याहरू कम गर्न पाउन सकिन्छ। यो तनाव र थकान कम गर्न पनि लाभदायक छ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ