२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगहलासन योग कसरी गर्ने ? यस्ता छन् फाइदा

हलासन योग कसरी गर्ने ? यस्ता छन् फाइदा


योग हाम्रो शरीर र दिमाग दुवैसँग सम्बन्धित छ । योगले शरीरलाई रोगबाट बचाउँछ । शरीरलाई स्वस्थ राख्नको लागि योग सबैभन्दा सजिलो उपाय हो । आजको समयमा गलत खाने बानीका कारण मानिसलाई पेटको समस्यासँग जुध्नु पर्ने हुन्छ ।

पेटको समस्याबाट छुटकारा पाउनको लागि पाचन प्रणाली बलियो हुनु जरुरी छ । योग गर्नाले पाचन प्रणालीलाई बलियो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउन सकिन्छ ।

दैनिक हलासन गर्नाले पाचन प्रणाली बलियो बन्नुका साथै पेट सम्बन्धी समस्याहरू जस्तै अपच, ग्यास, कब्जियत र क्रयाम्प आदिबाट छुटकारा पाउन सकिन्छ । यस बाहेक यो आसन गर्नुका अन्य धेरै फाइदाहरू छन् ।

हलासन

यो दुई शब्दहरू ’हलो’ र ’आसन’ मिलेर बनेको हो । हलो जसले किसानले खेत जोत्छ र आसन भनेको बस्नु हो । यो आसनलाई अङ्ग्रेजीमा ‘प्लो पोज’ भनिन्छ । यो योग आसन गर्नाले पाचन प्रणाली बलियो हुनुका साथै शरीरलाई अन्य धेरै फाइदा पनि हुन्छ ।

हलासन कसरी गर्ने

-सबैभन्दा पहिले समतल ठाउँमा म्याट बिछ्याउनुहोस् र आफ्नो पिठ्युँमा सुत्नुहोस् र दुवै हात भुइँमा राख्नुहोस्।

-अब आफ्नो खुट्टा माथि उठाउनुहोस्, त्यसपछि बिस्तारै पछाडि सार्नुहोस् ।

-आफ्नो खुट्टा जमिनमा फिर्ता राख्ने प्रयास गर्नुहोस् ।

-आफ्नो क्षमता अनुसार केही समय यस अवस्थामा रहनुहोस् र त्यसपछि सामान्य मुद्रामा फर्कनुहोस् ।

हलासन गर्दा अपनाउनुहोस् यी सावधानीहरू

-यो आसन गर्दा आफूलाई धेरै दबाब नदिनुहोस्, केही समय पछि बिस्तारै अभ्यास गर्दा यो आसन आरामसँग गर्न सक्षम हुनुहुनेछ ।

-यदि तपाईँको घाँटीमा कुनै प्रकारको समस्या वा चोट छ भने, यो आसन नगर्नुहोस् ।

-पखाला, रक्तचाप र दमको अवस्थामा यो आसन नगर्नुहोस् ।

-यो आसन गर्नका लागि तपाईँले प्रशिक्षकको सहयोग पनि लिन सक्नुहुन्छ ।

-यो आसन बिहान खाली पेटमा गर्नु राम्रो हुन्छ ।

-यदि तपाईँ यो आसन साँझमा गर्दै हुनुहुन्छ भने, ध्यान राख्नुहोस् कि खाना खानु अघि ३ देखि ४ घण्टाको अन्तराल हुनुपर्छ र अभ्यास गर्नु अघि शौच गर्नुपर्छ।

हलासनका फाइदाहरू

-यो आसन गर्नाले पाचन प्रणालीका अङ्गहरूलाई एक प्रकारको मसाज हुन्छ, जसले तपाईँको पाचन प्रणालीलाई बलियो बनाउँछ।

-हलासन गर्नाले मेटाबोलिज्म बढ्छ, जसका कारण तौल पनि नियन्त्रण हुन्छ ।

-यो आसन मधुमेहका रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

-यो आसन गर्नाले मेरुदण्डमा लचिलोपन हुन्छ ।

-यो आसन गर्नाले काँध र ढाडको दुखाइमा आराम मिल्छ, यसका साथै थाइराइड ग्रन्थिसँग सम्बन्धित समस्यालाई हटाउन पनि यसले मद्दत गर्छ ।

अमर उजालाबाट भावानुवाद

 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ