२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका

ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका


पाचन सम्बन्धी समस्या वृद्ध वृद्धामा मात्रै नभएर युवामा पनि हुन्छ । यसको सबैभन्दा ठुलो कारण मानिसको जीवनशैलीमा आएको गम्भीर परिवर्तन हो ।

शारीरिक क्रियाकलापको कमी, पर्याप्त पौष्टिक खाना नलिने, आवश्यकताभन्दा बढी सोच्ने र मानिसमा बढ्दो मानसिक तनाव जस्ता कारणहरूले तपाईँलाई ग्यास्ट्रिकको सिकार बनाउँछ ।

तर, यदि तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ, खानामा पौष्टिक तत्त्वको मात्रा बढाउनुभयो र योग गर्नभयो भने यो पनि समाधान गर्न सकिन्छ ।

आज हामी तपाईँलाई एउटा विशेष योग बताउन गइरहेका छौँ, जसको नियमित अभ्यास गर्नाले तपाई एसिडिटीको समस्याबाट टाढा रहनुहुनेछ ।

अभ्यास विधि
–दुवै खुट्टाको बिचमा ४–६ इन्चको अन्तर राखेर खडा हुनुहोस् ।
–दुवै हातका औँलाहरूलाई इन्टर लक गर्नुहोस् र तिनीहरूलाई सीधा टाउको माथि उठाउनुहोस् ।
–अब हिल्सलाई पनि जमिनभन्दा माथि उठाउनुहोस्। त्यसपछि शरीरलाई दायाँ र त्यसपछि बायाँ ८–८ पटक झुकाउनुहोस् ।
–यस पछि, बिस्तारै पहिलेको स्थितिमा फर्कनुहोस् ।

उच्च रक्तचाप, हृदय रोग र हाइपर थाइराइड भएका व्यक्तिहरूले यो अभ्यास गर्नु हुँदैन, सामान्य नाडीशोधन अभ्यास गर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ