२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा

पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा


योग विभिन्न प्रकारका स्वास्थ्य लाभहरूको लागि वर्षौंदेखि अभ्यास गर्ने अभ्यास हो । हड्डी र मांसपेशी बलियो बनाउनदेखि लिएर दिमागलाई आराम र राम्रो निन्द्रासम्म यसका फाइदाहरू पाउन सकिन्छ।

योगासनले शरीरलाई तन्काउन, प्रतिरक्षा प्रणाली बढाउन, शारीरिक र मानसिक शक्तिमा सुधार गर्न र धेरै पुरानो रोगका लक्षणहरूलाई कम गर्नमा पनि विशेष फाइदा पु¥याउँछ ।

स्वास्थ्य विशेषज्ञहरूले सबैलाई आफ्नो दैनिक फिटनेस दिनचर्यामा योग आसनहरू समावेश गर्न सल्लाह दिन्छन् । विरासन योग अभ्यासले धेरै तरिकामा फाइदाहरू प्रदान गर्न सक्छ, यसलाई दैनिक दिनचर्याको एक हिस्सा बनाउनु लाभदायक मानिन्छ ।

विरासन योग एक सजिलो र प्रभावकारी योग अभ्यास हो जसबाट सबै उमेरका मानिसहरूले लाभ उठाउन सक्छन्। खुट्टाको साथसाथै शरीरको तल्लो भागलाई बलियो बनाउन र राम्रो रक्तसञ्चारको लागि फाइदाहरू पाउन सकिन्छ ।

आउनुहोस् जानौं विरासन योग कसरी गरिन्छ र यसबाट के कस्ता फाइदा लिन सकिन्छ ?
विरासन योग अभ्यास गर्ने विधि
’विरासन’ संस्कृत शब्द हो । ’वीर’ को अर्थ योद्धा र ’आसन’ को अर्थ ’अभ्यास’ अर्थात् योद्धाहरू जस्तै अभ्यास । यो योग नियमित अभ्यास गर्नाले धेरै फाइदा हुन सक्छ । पहिले यो सही तरिका जान्न आवश्यक छ ।यसका लागि भुइँमा घुँडा टेकेर बस्नुहोस्। आफ्नो खुट्टाको शीर्ष भुइँमा दृढतापूर्वक राख्नुहोस् । ३० सेकेन्डसम्म यो अभ्यास गर्नुहोस्, त्यसपछि बिस्तारै सामान्यमा फर्कनुहोस् । योग गर्दा मनलाई केन्द्रित राख्नुपर्छ ।

’विरासन’ योग को लाभ
-विरासन योगलाई स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ ।
-यो व्यायाम तिघ्रा, घुँडा र खुट्टा तान्नको लागि राम्रो छ ।
-पाचन सुधार गर्छ र ग्यास–कब्जियतबाट राहत दिन्छ ।
-रजोनिवृत्तिको लक्षणहरू हटाउन मद्दत गर्दछ ।
-यसले सूजन कम गर्न र गर्भावस्थाको समयमा शारीरिक गतिविधि कायम राख्न फाइदाहरू हुन सक्छ ।
-यो योग उच्च रक्तचाप र दमको लक्षणका लागि पनि गर्न सकिन्छ ।

सावधानी
हतारमा यो योग अभ्यास नगर्नुहोस्। यदि तपाईलाई खुट्टामा चोट लागेको छ वा मेरुदण्डमा समस्या छ भने यो आसनको अभ्यास नगर्नुहोस्। कुनै पनि व्यायामबाट अधिकतम लाभ लिनु अघि, यो गर्ने सही तरिका जान्नको लागि योग विशेषज्ञसँग परामर्श लिनुहोस्।

विरासन योगको प्रारम्भिक दिनहरूमा, प्रशिक्षकको निरीक्षणमा मात्र अभ्यास गर्नुहोस् ।
अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ