२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगअनुहारमा प्राकृतिक चमक ल्याउन गर्नुहोस् अनुहारको यी योग

अनुहारमा प्राकृतिक चमक ल्याउन गर्नुहोस् अनुहारको यी योग


प्राय मानिसहरू अनुहारमा चमक ल्याउन र सुन्दर छाला बनाउन पार्लर जान्छन् । धेरैजसो महिलाहरूले पार्लरमा धेरै पैसा खर्च गरेर फेसियल र अन्य सौन्दर्य उपचार गराउँछन् ।

यसबाहेक छालाका लागि महँगो क्रिम बजारबाट ल्याइन्छ । उनी अनुहारमा विभिन्न किसिमका ब्युटी प्रोडक्टको प्रयोग गर्नबाट पछि हट्दैनन् ।

महिला र पुरुष दुवै सधैँ जवान र सुन्दर देखिन चाहन्छन् । यो चाहना पूरा गर्न मानिसहरूले धेरै प्रयास गर्छन् । तर अनुहारमा प्राकृतिक चमक ल्याउन र बुढेसकालमा पनि जवान देखिनको लागि पार्लर जानु वा सौन्दर्य सामग्रीको लागि पैसा खर्च गर्नुपर्दैन ।

योग र व्यायामबाट मात्रै अनुहारमा चम्किलो र स्वस्थ छाला प्राप्त गर्न सकिन्छ । एन्टी एजिङ ट्रीटमेन्टको लागि, तपाईले दैनिक केही अनुहार योग पोज गरेर छालालाई चिल्लो, चम्किलो र जवान बनाउन सक्नुहुन्छ ।

यस्ता छन् ती अनुहार योग

लिप प्रेस
यस आसनमा ओठलाई बलियोसँग थिच्नुहोस्, त्यसपछि आराम गर्नुहोस् । यो आसनले गाला बलियो बनाउँछ र चाउरीपना कम गर्छ ।

गाला योग
यो योग गर्नका लागि गालालाई पम्प गर्नुहोस् र हावालाई बायाँबाट दायाँ सार्नुहोस् र त्यसपछि उल्टो दिशामा छोड्नुहोस् । गाला योगासनको अभ्यासले गाला नरम र बलियो देखिन्छ ।

पाउट योग
पाउट अभ्यास वा चुम्बन मुद्राले तपाईंको गालाहरू चम्किलो बनाउन सक्छ ।

आकाश चुम्बन
यो आसन गर्नका लागि आकाशतिर हेरेर ओठलाई कस्नुहोस् र आकाशलाई चुम्बन गर्ने प्रयास गर्नुहोस् । यस आसनको अभ्यासले चिउँडोको बोसो घटाउँछ र ज लाइनको रेखा बलियो बनाउँछ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ