२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगघुँडा दुख्ने समस्या भएकाले गरौँ यी योगासन

घुँडा दुख्ने समस्या भएकाले गरौँ यी योगासन


जाडो मौसमलाई विभिन्न हिसाबले स्वास्थ्य समस्या बढाउने मानिन्छ । यो सिजन मुटुको स्वास्थ्यका लागि चुनौतीपूर्ण मात्रै नभएर घुँडाको दुखाईबाट ग्रसित भएकाहरुका लागि पनि उत्तिकै कठिन मौसम हो ।

चिसो मौसममा तपाईंको टेन्डन, मांसपेशी, जोर्नीका तन्तुहरू सुन्निने भएकाले यो मौसममा घुँडा दुख्ने समस्या बढी हुने चिकित्सकहरू बताउँछन् । बाथ रोगको समस्या भएकाहरूका लागि यो मौसमले जटिलता बढाउने मानिन्छ ।

दैनिक दिनचर्यामा योगासन समावेश गर्नाले स्वास्थ्यलाई राम्रो बनाउन विशेषगरी घुँडा र बाथको दुखाई कम गर्न विशेष फाइदा पुग्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । योग मांसपेशिहरुको अकडता कम गरेर रक्त परिसंचरण बढाउनको लागी सहयोगी छ, जसले दुखाई पनि कम गर्दछ ।

यति मात्र होइन, नियमित रूपमा योगासन गर्ने बानी पनि आरथ्राइटिसको जोखिम कम गर्नका लागि फाइदाजनक हुन्छ ।

यसका लागि कुन–कुन योगासन लाभदायक हुन सक्छन् जानौं?

ओस्टियोआर्थराइटिसमा योगका फाइदाहरू

२०१६ को अध्ययनको समीक्षामा, अन्वेषकहरूले पत्ता लगाए कि योग अभ्यास गर्ने बानी ओस्टियोआर्थराइटिसको समस्या कम गर्न पनि लाभदायक छ । अध्ययनमा सहभागीहरूले कम्तिमा दुई हप्तामा दुखाइ राहत र कार्यात्मक सुधारको अनुभव गरे ।

यसको आधारमा, योग घुँडाको दुखाइ कम गर्न र गतिशीलता सुधार गर्न उत्तम तरिका हुन सक्ने अनुसन्धान कर्ताहरुले निष्कर्ष निकाले । गठिया र सामान्य घुँडा दुखाइ कम गर्न योग महत्वपूर्ण मानिन्छ ।

जानौं कुन–कुन आसनलाई विज्ञहरूले फाइदाजनक मान्छन्।

योद्धा मुद्रा
योद्धा मुद्राको नियमित अभ्यास गर्ने बानीले घुँडा बलियो बनाउन मद्दत गर्दछ । योगको अभ्यासले जोर्नीहरू वरपरको मांसपेशीहरूको अतिरिक्त दबाब कम गर्न सक्छ र रगतको परिसंचरणलाई बढावा दिन पनि मद्दत गर्दछ । योद्धा मुद्राको समयमा सन्तुलित मुद्रामा उभिने अभ्यासले घुँडा वरपरका मांसपेशीहरूलाई बलियो बनाउन र दुखाइ कम गर्न सक्छ । योद्धा पोज शरीरको सबै प्रमुख मांसपेशिहरु को लागी लाभदायक छ ।

सेतुबन्धासन योग
अन्वेषकहरूले सेतुबन्धासन योगको अभ्यास घुँडाका लागि धेरै लाभदायक भएको पत्ता लगाएका छन । शरीरको तल्लो मांसपेशीहरू ग्लुट्स संलग्न गर्दा हिल मार्फत शरीर उठाउने यस अभ्यासको समयमा आराम हुन्छ । ढाड दुख्ने समस्या कम गर्नुका साथै गठियाको जोखिमबाट जोगाउन नियमित सेतुबन्धासन योग पनि लाभदायक पाइन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ