२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगस्वास्थ्यको लागि फाइदाजनक विरासन योग यस्ता छन् विधि र फाइदाहरु

स्वास्थ्यको लागि फाइदाजनक विरासन योग यस्ता छन् विधि र फाइदाहरु


योग विभिन्न प्रकारका स्वास्थ्य लाभहरूको लागि वर्षौँदेखि अभ्यास गर्ने अभ्यास हो । हड्डी र मांसपेशी बलियो बनाउनदेखि लिएर दिमागलाई आराम र राम्रो निन्द्रासम्म यसका फाइदाहरू पाउन सकिन्छ ।

योगा आसनले शरीरलाई तन्काउन, प्रतिरक्षा प्रणाली बढाउन, शारीरिक र मानसिक शक्तिमा सुधार गर्न र धेरै पुरानो रोगका लक्षणहरूलाई कम गर्नमा पनि विशेष फाइदा पु¥याउँछ ।

स्वास्थ्य विशेषज्ञहरूले सबैलाई आफ्नो दैनिक फिटनेस दिनचर्यामा योग आसनहरू समावेश गर्न सल्लाह दिन्छन् । विरासन योग अभ्यासले धेरै तरिकामा फाइदाहरू प्रदान गर्न सक्छ, यसलाई दैनिक दिनचर्याको एक हिस्सा बनाउनु लाभदायक मानिन्छ ।

विरासन योग एक सजिलो र प्रभावकारी योग अभ्यास हो जसबाट सबै उमेरका मानिसहरूले लाभ उठाउन सक्छन् । खुट्टाको साथसाथै शरीरको तल्लो भागलाई बलियो बनाउन र राम्रो रक्तसञ्चारको लागि फाइदाहरू पाउन सकिन्छ ।

आउनुहोस् जानौँ विरासन योग कसरी गरिन्छ र यसबाट के कस्ता फाइदा लिन सकिन्छ ?

विरासन योग अभ्यास गर्ने विधि
’विरासन’ संस्कृत शब्द हो । ’वीर’ को अर्थ योद्धा र ’आसन’ को अर्थ ’अभ्यास’ अर्थात् योद्धाहरू जस्तै अभ्यास । यो योग नियमित अभ्यास गर्नाले धेरै फाइदा हुन सक्छ । पहिले यो सही तरिका जान्न आवश्यक छ ।

यसका लागि भुईँमा घुँडा टेकेर बस्नुहोस् । आफ्नो खुट्टाको शीर्ष भुईँमा दृढतापूर्वक राख्नुहोस् । तपाईँ आफ्नो खुट्टामा बसिरहनु भएको छैन भन्ने निश्चित गर्नुहोस् । ३० सेकेन्डसम्म यो अभ्यास गर्नुहोस्, त्यसपछि बिस्तारै सामान्यमा फर्कनुहोस् । यो योग गर्दा मनलाई केन्द्रित राख्नुपर्छ ।
’विरासन’ योगको लाभ
-विरासन योगलाई स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ ।
-यो व्यायाम तिघ्रा, घुँडा र खुट्टा तान्नको लागि राम्रो छ ।
-पाचन सुधार गर्छ र ग्यास–कब्जियतबाट राहत दिन्छ ।
-रजोनिवृत्तिको लक्षणहरू हटाउन मद्दत गर्दछ ।
-यसले सूजन कम गर्न र गर्भावस्थाको समयमा शारीरिक गतिविधि कायम राख्न फाइदाहरू हुन सक्छ ।
-यो योग उच्च रक्तचाप र दमको लक्षणका लागि पनि गर्न सकिन्छ ।

सावधानी
हतारमा यो योग अभ्यास नगर्नुहोस् । यदि तपाईँलाई खुट्टामा चोट लागेको छ वा मेरुदण्डमा समस्या छ भने यो आसनको अभ्यास नगर्नुहोस् । कुनै पनि व्यायामबाट अधिकतम लाभ लिनु अघि, यो गर्ने सही तरिका जान्नको लागि योग विशेषज्ञसँग परामर्श लिनुहोस् ।

विरासन योगको प्रारम्भिक दिनहरूमा, प्रशिक्षकको निरीक्षणमा मात्र अभ्यास गर्नुहोस्, ताकि कुनै पनि प्रकारको चोटपटक वा अन्य समस्याहरूबाट बच्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ