२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगयोगको सबैभन्दा लाभदायक सूर्य नमस्कार योग : कसरी गर्ने

योगको सबैभन्दा लाभदायक सूर्य नमस्कार योग : कसरी गर्ने


नियमित योग अभ्यास मानसिक र शारीरिक स्वास्थ्यको लागि लाभदायक छ । योगले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले धेरै रोगबाट मुक्ति दिन्छ । तर, अक्सर मानिसहरूले योगासनको अभ्यास गर्दैनन्, जसले शरीरमा गलत प्रभाव पार्न सक्छ । धेरै योग अभ्यासहरू छन् जुन विशेषज्ञ बिना गर्नु हुँदैन । त्यसैले योगासन गर्दा, तपाईंले योगको सही तरिका के हो भनेर जान्नुपर्छ ।

स्वास्थ्यको लागि सबैभन्दा लाभदायक योग आसनहरू मध्ये एक सूर्य नमस्कार हो । सूर्योदयको समयमा यो योग गर्नाले फाइदा हुन्छ । सही तरिकाले सूर्यनमस्कार गर्नाले स्वास्थ्यलाई अनगिन्ती फाइदा मिल्छ ।
जानौं सूर्यनमस्कारको अभ्यासका फाइदाहरू, सूर्य नमस्कार गर्ने सही तरिका र सूर्यनमस्कार अभ्यास गर्दा कस्ता गल्तीहरू गर्नु हुँदैन ।

सूर्य नमस्कार गर्दा नगर्नुहोस् यी गल्तीहरु
सूर्य नमस्कार अन्तर्गत १२ विभिन्न आसनहरू अभ्यास गरिन्छ, मानिसहरूलाई यी सबै आसनहरू बीचको भिन्नता थाहा छैन ।
यो श्वास–आधारित योग आसन हो, त्यसैले अभ्यासको समयमा शरीरको चालसँग श्वासको समन्वय हुनुपर्छ, तर मानिसहरूले अभ्यासको क्रममा श्वासप्रश्वास प्रविधिलाई राम्ररी पालना गर्दैनन् ।

१२ आसनहरूको सेट मध्ये एक हस्त उत्तानासन हो, जुन एक राउन्डमा दुई पटक गरिन्छ । तर योग गर्दा, मानिसहरू प्राय हस्त उत्तानासन छोड्छन्, जसले सास र चालको सन्तुलनमा बाधा पु¥याउँछ ।
सूर्यनमस्कार अन्तर्गत चतुरङ्ग दण्डासन गर्दा मानिसहरु प्राय गल्ती गर्छन् । जसका कारण मेरुदण्डको तल्लो भागमा दबाब आउन सक्छ र ढाड दुख्ने समस्या हुन सक्छ ।

सूर्यनमस्कार अन्तर्गत भुजंगासन र उर्ध्वमुख स्वानसन बीचको भिन्नता थाहा नभएको, मानिसहरूले यसलाई उस्तै तरीकाले गर्छन् ।

सूर्य नमस्कार गर्ने सही तरीका
चरण १– प्रणामासनको मुद्रामा म्याटमा उभिएर, श्वास लिने क्रममा उत्तानासनको अवस्थामा आउनुहोस् ।
चरण २– अब श्वास छोड्ने क्रममा हस्तपादसनको मुद्रा बनाउनुहोस् ।
चरण ३– पुनः श्वास लिने क्रममा, अश्व संबन्धासनाको स्थितिमा आउनुहोस् । चरण ४– त्यसपछि श्वास छोड्नुहोस् र यस अवधिमा दण्डासनको मुद्रामा बस्नुहोस् ।
चरण ५– यस अवस्थामा, आफ्नो सास रोक्नुहोस् र केहि समय बस्नुहोस् ।
चरण ६– त्यसपछि फेरि श्वास लिँदा अष्टाङ्ग नमस्कार गर्नुहोस् ।
चरण ७– श्वास छोड्दै भुजंगासनको अवस्थामा आउनुहोस् ।
चरण ८– अब श्वास लिने क्रममा, श्वानाशानको स्थितिमा आउनुहोस् ।
चरण ९– सासलाई एकै किसिमले मिलाएर अश्व अध्यारासनमा बस्नुहोस् ।
चरण १०– त्यसपछि हस्त उत्तानासनको स्थितिमा जाँदा श्वास छोड्नुहोस् ।
चरण ११– अन्त्यमा, सास लिँदा ताडासन गर्नुहोस् ।

सूर्य नमस्कारका फाइदाहरू
-सूर्य नमस्कारमा नरोकिकन धेरै भन्दा धेरै आसन गर्नाले धेरै क्यालोरी बर्न हुन्छ ।
-सूर्य नमस्कारले शरीरको अतिरिक्त बोसो घटाउँछ र तौल नियन्त्रण गर्छ ।
-एक रिपोर्टका अनुसार सूर्य नमस्कार गर्दा शरीरले जति क्यालोरी बर्न गर्छ, त्यति नै दौड, साइकल वा अन्य कुनै खेलकुद वा कसरतबाट समेत सकिँदैँन ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ