२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगपाचन प्रणालीलाई सुधार्दै ग्यास्ट्रिकमुक्त हुन गर्नुहोस् यी योगासन

पाचन प्रणालीलाई सुधार्दै ग्यास्ट्रिकमुक्त हुन गर्नुहोस् यी योगासन


पाचन सम्बन्धी समस्या वृद्ध वृद्धामा मात्रै नभएर युवामा पनि हुन्छ । यसको सबैभन्दा ठुलो कारण मानिसको जीवनशैलीमा आएको गम्भीर परिवर्तन हो । शारीरिक क्रियाकलापको कमी, पर्याप्त पौष्टिक खाना नलिने, आवश्यकताभन्दा बढी सोच्ने र मानिसमा बढ्दो मानसिक तनाव जस्ता कारणहरूले तपाईँलाई एसिडिटीको सिकार बनाउँछ ।

तर, यदि तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ, खानामा पौष्टिक तत्त्वको मात्रा बढाउनुभयो र योग गर्नुभयो भने यो पनि समाधान गर्न सकिन्छ । आज हामी तपाईँलाई एउटा विशेष योग बताउन गइरहेका छौँ, जसको नियमित अभ्यास गर्नाले तपाई एसिडिटीको समस्याबाट टाढा रहनुहुनेछ ।

एसिडिटीको समस्या भएकाले जानुशिरासन, उस्त्रासन, तिर्यक ताडासन, करिचक्रसन र हलासन अभ्यास गर्नुपर्छ । यसका साथै पवनमुक्तासनको ५ देखि ७ पटक अभ्यास गर्नु निकै लाभदायक हुन्छ । प्रत्येक खानापछि ५ देखि ७ मिनेटसम्म वज्रासनमा बस्नाले पनि मद्धत पुर्‍याउँछ ।

पवनमुक्तासन
यो आसन पेटका लागि निकै फाइदाजनक हुन्छ । यो योगले ग्यास्ट्रिक, पेटको विकारमा फाइदा पुर्‍याउँछ । पेटको बोसो बढाउन पनि यो निकै लाभदायक आसन हो । यस योगको कर्मले शरीरबाट दूषित वायु शरीरबाट मुक्त हुन्छ ।

मालासन
धेरै खाएपछि तपाई प्रायः भारी महसुस गर्नुहुन्छ । यसको कारणले तपाईँको खाना राम्ररी पच्दैन, त्यसैले तपाईँलाई सुस्त र थकान महसुस हुन्छ । यस्तो अवस्थामा ५ मिनेट मालासनको अभ्यास गरेमा यो समस्याबाट तुरुन्तै राहत मिल्छ । सधैँ कब्जियत र ग्यासको समस्या हुने मानिसहरूका लागि पनि यो आसन लाभदायक हुन्छ ।

ध्यान वा योग निद्रा
मानसिक तनाव आजको जीवनशैलीको हिस्सा बनिसकेको छ । यसले थप एसिडिटी बढाउँछ । ध्यान वा योग निद्राको नियमित अभ्यासले सबै तनाव हटाउँछ र दिमाग स्वतन्त्र र हल्का हुन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ