२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरमा रगतसँग सम्बन्धित समस्यामा फाइदाजनक योग

शरीरमा रगतसँग सम्बन्धित समस्यामा फाइदाजनक योग


स्वस्थ शरीरको लागि रगतको महत्वपूर्ण भूमिका हुन्छ । रगतले अक्सिजन मुटुदेखि कोषिकासम्म र कोषिका हुँदै कार्वनडाइअक्साइड लिएर मुटुसम्म जाने कार्य गर्दछ । खानाबाट प्राप्त पोषक तत्व र ग्लूकोज पनि कोषिकासम्म पुग्दछ ।

साथै, हर्मोन शरीरको उपयुक्त स्थानसम्म रगतको माध्यमबाट पुग्दछ । मानौं पोषणको कमी र अन्य धेरै कारणले रगत सम्बन्धि विकार हुन सक्छ । जसको कारण शरीर सही तरिकाले काम गर्दैन । शरीरमा रगतको कमीले हुने रक्तस्राव होमोफोलिया, रगत जम्नु र रगत क्यान्सर आदि रगत विकार हुन् । रगत सम्बन्धि कुनै पनि समस्या छ भने सिधै डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

योग विशेषज्ञ भन्छन्, ‘रगत विकारबाट बच्नको लागि नियमित रुपमा योग अभ्यास गर्नु लाभकारी हुन्छ । कयौं योगले रगतको कमी हुन दिदैन् । रक्त प्रवाहलाई राम्रो बनाउँछ । साथै रगत जम्नु जस्ता समस्याहरुबाट बचाउँछ ।’

उज्जाई प्राणायाम

उज्जाई प्राणायामको अभ्यासले शरीरमा अक्सिजनको स्तर बढ्दछ । यो योगासनले पाचन क्रिया राम्रो हुन्छ । यो योगासानको नियमित अभ्यासले रातो रक्तकोषिका निर्माण हुन्छ र एनिमियाको समस्या समाधान हुन्छ । साथै थाइराइडमा पनि राहत मिल्छ ।

उज्जाई प्राणायामको अभ्यासको तरिका
स्टेप १ः पद्मासानको स्थितिमा पूरै शरीरको शिथिल गर्नुहोस् ।
स्टेप २ः श्वास लिँदै आफ्नो ध्यान घाँटीसम्म ल्याउन र कल्पना गर्नुहोस् । श्वास घाँटीबाट गइरहेको छ ।
स्टेप ३ः श्वास जति सक्नुहुन्छ त्यति लिनुहोस् र यो १० देखि १५ मिनेटसम्म गर्नुहोस् ।

अमर उजालबाट


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ