२०८१ मंसीर १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगकाँधमा हुने दुखाइका लागि उपयोगी योगासन

काँधमा हुने दुखाइका लागि उपयोगी योगासन


दिनभरी कुर्सीमा बसेर काम गर्दा पोजिसन बिग्रन सक्छ । यसले काँध, कम्मर र ढाडमा पनि दुखाइ हुन सक्छ । काँधमा समस्या हुँदा काम गर्न गाह्रो हुन्छ । यस दुखाइबाट राहात पाउनको लागि उपचार गर्नुपर्ने हुन सक्छ ।

धेरै योगसनहरु हुन्छन्, जसले फरक—फरक दुखाइ र समस्याबाट राहात दिन्छन् । काँधमा हुने दुखाइबाट छुटकारा पाउन हलासन योगलाई नियमित गर्नु राम्रो हुन्छ । हलासनको अभ्यासले कम्मर र छातीको भागमा रगतको प्रवाहालाई बढाउँछ । र, गर्धनको तनावलाई पनि कम गर्न सकिन्छ ।

हलासन योगको फाइदाहरु

  • यो योग नियमित गर्दा थाइराइड सम्बन्धि समस्याहरु कम हुँदै जान्छ ।
  • यो अभ्यासले कम्मरको दुखाइ, टाउको दुखाइ र अनिन्द्राको समस्या कम हुन सक्छ ।
  • मेरुदण्ड र काँधको हड्डीहरु तन्किन्छन् र दुखाइ कम हुन्छ ।

हलासन गर्ने तरिका

स्टेप १ः हलासनको अभ्यासको लागि भुइमा सुत्नुहोस् । हत्केलाहरुलाई शरीरको नजिक राख्नुहोस् ।
स्टेप २ः अब खुट्टालाई कम्मरबाट ९० डिग्रीको कोण बनाउँदै माथितिर उठाउनुहोस् ।
स्टेप ३ः गहिरो श्वास लिदैं खुट्टालाई सिधा राख्दैँ टाउकोतिर झुकाउनुहोस् ।
स्टेप ४ः खुट्टालाई टाउको पछाडि सार्ने प्रयास गर्नुहोस् । यस्तो गर्दा खुट्टाको औंलाहरुले जमिन छुनेछन् । यो पोजिसनमा केहि समयसम्म रहनुहोस् र श्वासमा ध्यान केन्द्रित गर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ