२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगआँखाको ज्योति बढाउन लाभदायक योगासन

आँखाको ज्योति बढाउन लाभदायक योगासन


आँखाले प्राय टाढाको वस्तुहरु हेरिन्छ । तर अहिलेको समयमा हामीले आँखाको प्रयोग कम्प्युटर, मोबाइल जस्ता लाइट भएका वस्तुहरु हेर्नमा धेरै प्रयोग गछौँ । फल स्वरुप हाम्रो आँखा समय भन्दा पहिला नै कम्जोर हुन थालेको छ । यस्ता समस्याहरु बाट बच्नको लागि हामीले सन्तुलित आहार खाने, लाइट भएका वस्तुहरुको प्रयोग कम गर्ने र योग अभ्यासहरु गर्न सक्छौं ।

हलासन

हलासन अभ्यासले शरीरको माथिल्लो भागमा रक्त्त सञ्चारलाई बढावा दिन्छ । र आँखाको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्छ । हलआसनको अभ्यास गर्न भुइँमा पछाडी फर्केर सुत्नुहोस् । दुबै हातहरु भुइँमा सिधा राख्नुहोस् । बिस्तारै श्वास छोड्दै दुइ वटै खुट्टालाई माथि उठाउनुहोस् । अब खुट्टालाई सिधा पछाडी बाट जमिन तिर झुकाउनुहोस् र खुट्टाको पञ्जालाई जमिनमा राख्नुहोस् । टाउको सिधा राख्नुहोस । यो स्थितिमा दुईदेखि तीन मिनेटसम्म बस्नुहोस् । सामान्य अवस्थामा आउनुहोस् ।

अनुलोम–विलोम

दैनिक अनुलोम–विलोमको अभ्यासले आँखाको ज्योतिलाई फाइदा पुर्याउँछ । आँखामा चस्मा लगाउनुपर्ने समस्या भएको व्यक्तिले यो प्राणायाम गर्न सक्नुहुन्छ । ध्यान मुद्रामा सीधा बस्नुहोस् । अब देब्रे हातले ज्ञान मुद्रा बनाउनुहोस् र दाहिने हातको औंलाले दाहिने नाकको प्वाल बन्द गर्नुहोस् र देब्रे नाकबाट श्वास फेर्नुहोस् । अब बायाँ नाकको प्वाल बन्द गर्नुहोस् र दाहिने नाकबाट श्वास छोड्नुहोस् । यो कार्य पुनः दोहोर्याउनुहोस् । यो योग अभ्यासलाई सही तरिकाले गर्दा मात्र लाभ प्राप्त गर्न सकिन्छ ।

पादहस्तासन

यो आसनले पनि आँखाको ज्योतिलाई बलियो बनाउँछ । र आँखालाई स्वास्थ बनाई राख्न मद्दत गर्छ । भुइँमा सिधा उभिनुहोस् । खुट्टा समान्तरमा राख्नुहोस् । श्वास लिँदै भुइँतिर झुक्नुहोस् र हातले जमिनमा छुनुहोस् । बिस्तारै हात खुट्टाको मुनि राख्नुहोस् । १५ देखि ३० सेकेन्ड सम्म यो स्थितिमा बस्नुहोस् । अब बिस्तारै श्वास छोड्नुहोस् । श्वास लिनुहोस् र बिस्तरै पहिलेकै स्थितिमा आउनुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ