२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगमानसिक स्वास्थ्यका लागि फाइदाजनक योगासन

मानसिक स्वास्थ्यका लागि फाइदाजनक योगासन


शारीरिक शक्ति बढाउन योग अभ्यास गर्नु फाइदाजनक हुन्छ । योगको नियमित अभ्यासले शरीर र दिमाग दुवैको स्वास्थ्यलाई फाइदा पुर्याउँछ । योग गर्नाले शरीरमा लचिलोपन र शक्ति मात्र बढ्दैन यसले कुनै कुरामा केन्द्रीत हुन र आत्म–विश्वास पनि बढाउँछ । विशेषज्ञहरु नियमित योग अभ्यासलाई फाइदाजनक मान्छन् ।

केही वर्ष अगाडी मात्र लकडाउनमा घरभित्रै थुनिएका मानिसमा मानसिक स्वास्थ्यसम्बन्धी धेरै प्रकारका समस्या बढेका थिए । कोभिडका कारण मानिसको मानसिक स्वास्थ्यमा परेको असरका कारण स्वास्थ्यसँग सम्बन्धित बिरामीको संख्या बढ्ेको छ । अझै बढ्दै जाने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा योग अभ्यासले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।

उत्तानासन योग

मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति पाउन उत्तानासन योग अभ्यास नियमित गर्नुपर्छ । उत्तानासन योग एक तीव्र फर्वार्ड स्ट्रेच पोज हो । जसले सम्पूर्ण पछाडिको मांसपेशिहरुलाई तन्काउने गर्दछ । यो योगले शरीरमा शक्ति र लचकता ल्याउँछ । साथै मस्तिष्कमा अक्सिजनयुक्त रगत प्रवाहमा सुधार गर्छ । तनाव र चिन्ता कम गरेर मन शान्त राख्न उत्तानासन योग अभ्यास गर्न सक्नुहुन्छ ।

कोब्रा पोज

भुजंगासनमा कोब्रा पोज गरिन्छ । यो आसनलाई ढाडको समस्यामा फाइदाजनक मानिन्छ तर यसको अभ्यासले मस्तिष्कलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । यो योगासन मानसिक स्वास्थ्य प्रवद्र्धन र शरीर आराम गर्नका लागी उत्कृष्ट मानिन्छ । शरीरमा रक्त प्रवाह बढाउन र मस्तिष्कको कार्यमा सुधार गर्न भुजंगासनको नियमित अभ्यास गर्नुहोस् ।

प्राणायाम

प्राणायाम अभ्यास मानसिक स्वास्थ्य सुधार गर्न विशेष गरी लाभदायक छ । प्राणायाम गर्नाले मस्तिष्कमा अक्सिजनको प्रवाह बढ्छ र मांसपेशीहरूलाई आराम मिल्छ । मूडमा सुधारको साथसाथै एकाग्रता बढाउन नियमित प्राणायाम गर्न सल्लाह दिइन्छ ।

नोटः यो लेख योगगुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ