२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगछाला चम्किलो र नरम बनाउन उपयोगी योगासन

छाला चम्किलो र नरम बनाउन उपयोगी योगासन


योगले मानसिक र शारीरिक स्वास्थ्यका समस्याहरूबाट बचाउँछ । योग छालाको लागि पनि लाभदायक छ । स्वस्थ, चम्किलो र नरम छाला प्राप्त गर्न दैनिक योग अभ्यासको महत्त्वपूर्ण भूमिका रहन्छ । छालाको हेरचाहका लागि उत्पादनहरूको सट्टा सजिलो योगासनहरूलाई  दिनचर्याको एक हिस्सा बनाउन सक्नुहुन्छ ।

केही विशेष योगासनहरु मार्फत अनुहारको चमक बढाउन सकिन्छ । यदि आफ्नो सौन्दर्य बढाउन चाहनुहुन्छ भने यी सजिलो योग अभ्यासहरू गर्नुहोस् ।

उस्ट्रासन

उस्ट्रासन अभ्यास गर्न, योग म्याटमा आफ्नो घुँडा टेक्नुहोस् । अब बिस्तारै श्वास लिनुहोस् र टाउकोलाई पछाडि झुकाउनुहोस् । अब दाहिने हत्केलालाई दाहिने खुट्टा र बायाँ हत्केलालाई बायाँ खुट्टामा राख्नुहोस् । कम्तीमा एक वा दुई मिनेट यस स्थितिमा बसेपछि, बिस्तारै सामान्य स्थितिमा फर्कनुहोस् । त्यसपछि केही मिनेट आराम गर्नुहोस् ।

हलासन

हलासनको लागि योगा म्याटमा सुत्नुहोस् । श्वास लिने क्रममा खुट्टालाई ९० डिग्रीसम्म माथि उठाउनुहोस् ।  त्यसपछि श्वास फेर्दा खुट्टालाई टाउकोभन्दा माथि बिस्तारै पछाडि सार्नुहोस् । यस अवधिमा आफ्नो हात कम्मरबाट हटाएर भुईँमा सीधा राख्नुहोस् । श्वास फेर्दै बिस्तारै सामान्य स्थितिमा आउनुहोस् ।

धनुरासन

धनुरासनको लागि योगा म्याटमा भुईँतिर फर्केर सुत्नुहोस् । दुवै घुँडालाई पछाडितिर झुकाउनुहोस् र आफ्नो हातले औँलाहरू समात्नुहोस् । यसपछि श्वास फेर्ने क्रममा हातले खुट्टा तान्नुहोस् ताकि शरीर स्वतः माथि उठ्नेछ । आफ्नो क्षमता अनुसार यो स्थितिमा रहनुहोस् । त्यसपछि बिस्तारै श्वास छोड्नुहोस् र तल आउनुहोस् ।

त्रिकोनासन

यसका लागि सबैभन्दा पहिले योगा म्याटमा सिधा उभिनुहोस् । खुट्टाको बिचमा जति ग्याप बनाउनुहोस् । दुवै हातलाई काँधसँग लाइनमा फैलाउनुहोस् । श्वास छोड्दा बायाँ खुट्टाको औँलाहरूलाई बायाँतिर घुमाउनुहोस् र बायाँ हातलाई तल ल्याउँदै खुट्टाको औँलाहरू छुने प्रयास गर्नुहोस् । अर्को हात माथि रहनेछ । दुई–तीन मिनेट यस स्थितिमा रहेपछि, बिस्तारै फर्कनुहोस् र त्यसपछि अर्को तर्फबाट दोहोर्‍याउनुहोस् ।

भुजंगासन

भुजंगासनका लागि हातहरू काँधको छेउमा राखेर योग म्याटमा सुत्नुहोस् । अब हातले दबाब दिएर आफ्नो शरीर माथि उठाउने प्रयास गर्नुहोस् । श्वास लिने क्रममा शरीरलाई माथि उठाउनुहोस् र सकेसम्म लामो श्वास जति समय सम्म सक्नुहुन्छ रोक्नुहोस् । त्यसपछि श्वास छोड्दा तल आउनुहोस् । यो योग आसनले छालालाई निखार्न मद्दत गर्छ ।

नोटः यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि, योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

 –एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ