२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ अबको ३ महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्छु : मन्त्री ढकाल

अबको ३ महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्छु : मन्त्री ढकाल


कैलाली – संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ क्षेत्रमा चरम अनियमितता र भ्रष्टाचार हुने गरेको बताएका छन् । मंगलबार कैलालीको गौरीगंगा नगरपालिकाको आयोजनामा संचालन भएको स्वास्थ्य महोत्सवको उद्दघाटन गर्दै मन्त्री ढकालले केन्द्र, प्रदेश र स्थानीय सरकारले खरिद गर्ने औषधिको मुल्यमा ठुलो अन्तर र अनियमितता भइरहेको बताएका हुन्।

कार्यक्रममा उनले सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमानल्याई निजी अस्पताललाई प्रोत्साहनगर्ने सम्मका खेल हुने गरेको जनाए। सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको सट्टा निजी फार्मेसीमा पाउने औषधिको सिफारिस हुने जस्ता विकृतिको अन्त्य गर्नेमा जोड दिए।त्यसबारे मन्त्रालयजानकार रहेकाले तीनमहिनामात्यसको निराकरण गरि जनताले महशुस गर्ने कामको तयारी थालेको मन्त्री ढकालले बताए।

५ दिनसम्म संचालन हुने स्वास्थ्य महोत्सवमा विभिन्न विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण गरिने आयोजकले जानकारी दिए। सो महोत्सवमा आँखा, नाक, कान, घाँटी, महिलाहरुको पाठेघरको क्यान्सर जाँच , एचआईभी र हेपाटाइटिस बीको परिक्षण, औलो जाँच, सिकलसेल एनिमिया, महिलाहरुमा आङ खस्ने समस्याको जाँच, मानसिक स्वास्थ्य परिक्षणको साथमा दुव्र्यसन मुक्त स्वास्थ्यमुलक आध्यात्मिक प्रदर्शनी, रक्तदान कार्यक्रम, योग शिविर, पोषण सम्बन्धि उपभोक्ता शिक्षा लगायत स्वास्थ्य सम्बन्धि विभिन्न साँस्कृतिक नृत्य, नाटक प्रस्तुत हुने छन्।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ