गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ आरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने आरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने पदमराज भट्ट बिहीबार, २०७६ चैत्र २७ गते, १२:२३ मा प्रकाशित धनगढी – धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन धनगढीस्थित भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा जडान सम्पन्न भएको छ । संघीय कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगत भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा रहेको पुरानो मेसिन चेकजाँच र मेन्टेन गर्दै बुधवार साँझ जडान गर्न सफल भएको सुदूरपश्चिम प्रदेशकालागि स्वास्थ्य विभागवाट खटाइएका वायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतले जानकारी दिए । यता धनगढीमा रहेको भेटनरीको वायोसेफ्टी क्याबेन बिग्रेको अवस्थामा त्यसलाई मर्मत गर्न नै धेरै समय लागेको उनको भनाई छ । मेशिन जडान भएको र परिक्षणमा चाहिने अन्य सर्जिकल सामाग्री जुटाएर सम्भत आज साँझवाट नमुना परिक्षण सुरु गर्ने तयारीमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् । उनकाअनुसार आरटीपीसीआर मेसिन जडान भएसँगै परीक्षणले गति पाउनेछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ। देशमै सबैभन्दा बढी संक्रमित भेटिएको सुदूरपश्चिममा नमुना संकलन तथा परिक्षण गर्ने कार्यलाई तीब्रता दिन प्रदेश सरकाले संघीय सरकारलाई अनुरोध गरेअनुसार अहिले यहाँका कैलाली(कञ्चनपुरसँगै पहाडी जिल्लाहरुका क्वारेन्टाइनमा राखिएकाको रगत तथा स्वाबको नमुना लिने कार्य तीब्र गतिमा चलिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन