२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशआरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने

आरटीपीसीआर मेसिन जडान सम्पन्न, आज साँझ देखि नमुना परिक्षण गरीने


धनगढी – धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन धनगढीस्थित भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा जडान सम्पन्न भएको छ । संघीय कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगत भेटेनरी पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा रहेको पुरानो मेसिन चेकजाँच र मेन्टेन गर्दै बुधवार साँझ जडान गर्न सफल भएको सुदूरपश्चिम प्रदेशकालागि स्वास्थ्य विभागवाट खटाइएका वायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतले जानकारी दिए ।


यता धनगढीमा रहेको भेटनरीको वायोसेफ्टी क्याबेन बिग्रेको अवस्थामा त्यसलाई मर्मत गर्न नै धेरै समय लागेको उनको भनाई छ । मेशिन जडान भएको र परिक्षणमा चाहिने अन्य सर्जिकल सामाग्री जुटाएर सम्भत आज साँझवाट नमुना परिक्षण सुरु गर्ने तयारीमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिइन् ।

उनकाअनुसार आरटीपीसीआर मेसिन जडान भएसँगै परीक्षणले गति पाउनेछ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ।

देशमै सबैभन्दा बढी संक्रमित भेटिएको सुदूरपश्चिममा नमुना संकलन तथा परिक्षण गर्ने कार्यलाई तीब्रता दिन प्रदेश सरकाले संघीय सरकारलाई अनुरोध गरेअनुसार अहिले यहाँका कैलाली(कञ्चनपुरसँगै पहाडी जिल्लाहरुका क्वारेन्टाइनमा राखिएकाको रगत तथा स्वाबको नमुना लिने कार्य तीब्र गतिमा चलिरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ