गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय कोरोनाको बहानामा विरामी माथी मनिपाल शिक्षण अस्पतालको लुट ः १ सयको ओपिडी टिकटलाई ६ सय फडिन्द्र अकिञ्चन शुक्रबार, २०७७ असार १२ गते, १३:४२ मा प्रकाशित पोखरा – कोरोना कहरका बेला पोखराको मणिपाल शिक्षण अस्पतालले टिकट शुल्कसहित अन्य सेवाको मूल्य बढाएको छ । यसअघि ओपीडि सेवा लिदा लिदइने गरेको १ सय रुपैयाँ लाइ अहिले ओपिडी र इमर्जेन्सी दुवै शुल्क एकैठाँउ जोडेर ६ सय बनाइएको छ । कोरोना महामारी अघि सामान्य शल्यक्रिया शुल्क २ हजार १ सय लिइदै आएकोमा ३ हजार ४ सय ९५ बनाइएको छ । सिटी स्क्यान, इको लगायतका जाँचको समेत शुल्क बढेको छ । कोरोनाका कारण बिरामी घटेपछि अस्पताल खर्च धान्न सामान्य मूल्यवृद्धि गर्नुपरेको अस्पतालको भनाइ छ । अहिले नोक्सान बढेपछि केही शीर्षकमा मूल्य बढाएर अस्पतालको खर्च धान्नुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए । उनले अझै पनि मणिपालको सेवा सरकारी अस्पतालको भन्दा सस्तो भएको दाबी गरे । दैनिक १ हजारभन्दा बढीले सेवा लिने मणिपालमा अहिले करिब २० प्रतिशतमात्र बिरामी आएको अस्पतालका अधिकारीहरुको दाबी छ । दैनिक २ सय हाराहारी बिरामी आउँदा खर्च धान्न निकै कठिन भएपछि केही जाँचमा मूल्य थोरै बढाएको भारद्वाजको भनाइ छ । यसरी भएको मूल्यवृद्धिले सेवाग्राही भने मर्कामा परेका छन् । पोखरा १० बाट मणिपाल पुगेका रोशन गुरुङले महामारीमा अस्पतालहरुले समेत ढाड सेक्न खोजेको गुनासो गरे । उनले भने, पुराना डाक्टरले जाच्दा रहेनछन्, पढ्दै गरेका विद्यार्थीले जाँच्ने, शुल्कचाहिँ यति महंगो कसरी हुन्छ ?’ उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला अहिलेको महामारी, आर्थिक मन्दीको अवस्थामा अस्पतालले गरेको मूल्यवृद्धि अस्वभाविक र आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘सबैले कही न कही राहत दिनुपर्ने समयमा अस्पतालले सामाजिक उत्तरदायित्व त वहन गरेन नै उपभोक्ताको ढाड सेक्यो ।’ क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #कोरोना, #पोखरा, #मनिपाल शिक्षण अस्पताल, #महामारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया