गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ घरेलु उपायबाट सौन्दर्य वृद्धि घरेलु उपायबाट सौन्दर्य वृद्धि सुषमा रावल वरिष्ठ ब्युटिसियन शनिबार, २०७७ भदौ १३ गते, १२:२० मा प्रकाशित सौन्दर्य भन्ने बितिकै सुन्दर मनका साथसाथै सुन्दर जिउज्यान, अनुहार र व्यक्तित्व भन्ने बुझ्छौं । हामी जो कोहीको मनमा पनि सुन्दर देखिने इच्छा भरपूर हुन्छ । आजभोलि बजारमा सौन्दर्य प्रशाधनका सामानहरुको मूल्य पनि दिनानुदिन बढ्दैं गइरहेको हामी पाउँछौं । कोही त राम्रो गुणस्तरका प्रशाधन प्रयोग गर्न सक्ने क्षमताका हुँदैनन् । यस्तो परिस्थितीमा प्राकृतिक सौन्दर्य प्रशाधनहरुको सहारा लिनु नै उत्तम उपाय हुन्छ । प्राचीनकालदेखि नै प्रयोगमा ल्याइने प्राकृतिक सौन्दर्य प्रशाधनको मुख्य फाइदा यसको कुनै साइड इफेक्ट हुँदैन् । साथै, यसले चमत्कारी परिणाम पनि दिन्छ । हामीले भान्छामा प्रयोग गरिने तरकारी, फलफूलहरुबाट पनि सौन्दर्य निखार्न सकिन्छ । तसर्थ, तल उल्लेखित विभिन्न सामाग्रीहरुको प्रयोगद्वारा हामीले पनि आफूलाई सुन्दर बनाउन सक्छौं । एक चम्चा सौफको पानीलाई उमालेर काडा बनाउने र चिसो भएपछि यसमा थोरै मह मिसाएर लेप बनाएर १५/२० मिनेटको लागि अनुहारमा लगाउनाले अनुहारको चाँया कम हुनुका साथै अनुहारमा कसाब (स्कीन टाइट) ल्याउँछ । यदि घरमा क्लीजिङ मिल्क छैन भने काँचो दुधमा २/४ थोपा कागती र थोरै नुन राखेर पनि फेस क्लिन अप गर्न सकिन्छ । चनाको दाललाई रातभरी दुधमा भिजाएर भोलिपल्ट सिलौटामा मसिनो गरी पिसी त्यसमा थोरै बेसार र एक चम्चा काँचो दुध मिसाएर फेसप्याकको रुपमा प्रयोग गर्नाले अनुहारमा नसोचेको चमक आउँछ । नुहार सफा गर्नको लागि सुन्तलाको ब्रोकालाई छायाँमा सुकाएर मसिनो गरी पिसी धुलो बनाउने र त्यसमा एक चम्चा सुन्तलाको धुलो, एक चम्चा बेसन, एक चिम्टी बेसार, एक चम्चा दुध र २/४ थोपा कागती मिसाएर घाटीदेखि अनुहारसम्म लगाउनाले छालामा निखार ल्याउनुका साथै तिलकोठी र स—साना दागहरु कम हुँदै जान्छन् । कसैको नङ कमजोर छ र बढ्दैछ भने रेगुलर राति सुत्ने बेलामा जैतुनको तेल वा फिस आयलको प्रयोग गर्ने । जसले गर्दा नङलाई पूर्ण पौष्टिकता पुग्नुका साथै नङ छिटो छिटो बढ्छ । घाटीको सुन्दरता निखार्नका लागि सधैं नुहाउनु अघि पाकेको मेवाले घाँटी १०/१५ मिनेट मसाज गर्ने । यसरी मसाज गर्नाले घाटी सुन्दर र आकर्षक देखिन्छ । काक्रोको गुदीमा जैतुनको तेल मिसाएर अनुहारमा मसाज गर्नाले पनि अनुहारमा निखार आउँछ । नौनीमा केसर मिसाएर सधैं सुत्ने बेलामा ओठमा लगाउनाले ओठको लागिमा रहिरन्छ र कालो ओठको समस्या केही हदसम्म कम हुन्छ । मुल्तानी माटो र खिलको प्रयोगले कपालको रुखोपन कम हुनुका साथै कपाललाई पूर्णतयाः पौष्टिक तत्व पाइन्छ । तिल, सरसो, बेसारलाई मिसाएर कुटेर धुलो बनाइ त्यसमा तोरी वा तिलको तेल मिसाइ लेप बनाइ नुहाउनुभन्दा अगाडि सम्पूर्ण शरीरमा दल्नाले छालाको समस्या कम हुनुका साथै छालामा नसोचेको निखार आउँदछ । साथै, शरीरमा स्फूर्ति पनि ल्याउँदछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल