गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ घरेलु उपायबाट सौन्दर्य वृद्धि घरेलु उपायबाट सौन्दर्य वृद्धि सुषमा रावल वरिष्ठ ब्युटिसियन शनिबार, २०७७ भदौ १३ गते, १२:२० मा प्रकाशित सौन्दर्य भन्ने बितिकै सुन्दर मनका साथसाथै सुन्दर जिउज्यान, अनुहार र व्यक्तित्व भन्ने बुझ्छौं । हामी जो कोहीको मनमा पनि सुन्दर देखिने इच्छा भरपूर हुन्छ । आजभोलि बजारमा सौन्दर्य प्रशाधनका सामानहरुको मूल्य पनि दिनानुदिन बढ्दैं गइरहेको हामी पाउँछौं । कोही त राम्रो गुणस्तरका प्रशाधन प्रयोग गर्न सक्ने क्षमताका हुँदैनन् । यस्तो परिस्थितीमा प्राकृतिक सौन्दर्य प्रशाधनहरुको सहारा लिनु नै उत्तम उपाय हुन्छ । प्राचीनकालदेखि नै प्रयोगमा ल्याइने प्राकृतिक सौन्दर्य प्रशाधनको मुख्य फाइदा यसको कुनै साइड इफेक्ट हुँदैन् । साथै, यसले चमत्कारी परिणाम पनि दिन्छ । हामीले भान्छामा प्रयोग गरिने तरकारी, फलफूलहरुबाट पनि सौन्दर्य निखार्न सकिन्छ । तसर्थ, तल उल्लेखित विभिन्न सामाग्रीहरुको प्रयोगद्वारा हामीले पनि आफूलाई सुन्दर बनाउन सक्छौं । एक चम्चा सौफको पानीलाई उमालेर काडा बनाउने र चिसो भएपछि यसमा थोरै मह मिसाएर लेप बनाएर १५/२० मिनेटको लागि अनुहारमा लगाउनाले अनुहारको चाँया कम हुनुका साथै अनुहारमा कसाब (स्कीन टाइट) ल्याउँछ । यदि घरमा क्लीजिङ मिल्क छैन भने काँचो दुधमा २/४ थोपा कागती र थोरै नुन राखेर पनि फेस क्लिन अप गर्न सकिन्छ । चनाको दाललाई रातभरी दुधमा भिजाएर भोलिपल्ट सिलौटामा मसिनो गरी पिसी त्यसमा थोरै बेसार र एक चम्चा काँचो दुध मिसाएर फेसप्याकको रुपमा प्रयोग गर्नाले अनुहारमा नसोचेको चमक आउँछ । नुहार सफा गर्नको लागि सुन्तलाको ब्रोकालाई छायाँमा सुकाएर मसिनो गरी पिसी धुलो बनाउने र त्यसमा एक चम्चा सुन्तलाको धुलो, एक चम्चा बेसन, एक चिम्टी बेसार, एक चम्चा दुध र २/४ थोपा कागती मिसाएर घाटीदेखि अनुहारसम्म लगाउनाले छालामा निखार ल्याउनुका साथै तिलकोठी र स—साना दागहरु कम हुँदै जान्छन् । कसैको नङ कमजोर छ र बढ्दैछ भने रेगुलर राति सुत्ने बेलामा जैतुनको तेल वा फिस आयलको प्रयोग गर्ने । जसले गर्दा नङलाई पूर्ण पौष्टिकता पुग्नुका साथै नङ छिटो छिटो बढ्छ । घाटीको सुन्दरता निखार्नका लागि सधैं नुहाउनु अघि पाकेको मेवाले घाँटी १०/१५ मिनेट मसाज गर्ने । यसरी मसाज गर्नाले घाटी सुन्दर र आकर्षक देखिन्छ । काक्रोको गुदीमा जैतुनको तेल मिसाएर अनुहारमा मसाज गर्नाले पनि अनुहारमा निखार आउँछ । नौनीमा केसर मिसाएर सधैं सुत्ने बेलामा ओठमा लगाउनाले ओठको लागिमा रहिरन्छ र कालो ओठको समस्या केही हदसम्म कम हुन्छ । मुल्तानी माटो र खिलको प्रयोगले कपालको रुखोपन कम हुनुका साथै कपाललाई पूर्णतयाः पौष्टिक तत्व पाइन्छ । तिल, सरसो, बेसारलाई मिसाएर कुटेर धुलो बनाइ त्यसमा तोरी वा तिलको तेल मिसाइ लेप बनाइ नुहाउनुभन्दा अगाडि सम्पूर्ण शरीरमा दल्नाले छालाको समस्या कम हुनुका साथै छालामा नसोचेको निखार आउँदछ । साथै, शरीरमा स्फूर्ति पनि ल्याउँदछ । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुन्दरता र स्वस्थता कायम राख्न चाहानुहुन्छ भने यी कुरासँग नगर्नुहोस् सम्झौता