२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहा कारागार बन्यो हटस्पट, एकैदिनमा २५९ कैदीमा संक्रमण पुष्टि

सिरहा कारागार बन्यो हटस्पट, एकैदिनमा २५९ कैदीमा संक्रमण पुष्टि

संक्रमितको उपचार गर्न चुनौती


जनकपुर – सिरहा कारागारमा तीन दिनमै ५ सय कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महतोले पुष्टि गरिन् । उनले भनिन्, ‘कारागारको क्षमता १ सय ५० जनाको मात्र भएपनि हाल ५ सय ९९ कैदी छन् ।’

कारागारमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका रहेका छन् । सबै संक्रमित कैदीहरुलाई कारागारमै राखिएको छ । कारागारका झण्डै ८५ प्रतिशत कैदीबन्दीलाई कोरोना संक्रमण भएपछि उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने बारे कारागार प्रशासन तथा जिल्ला कोभिड संक्रमण व्यवस्थापन केन्द्रको चुनौती भएको उनले बताइन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ