गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहा कारागार बन्यो हटस्पट, एकैदिनमा २५९ कैदीमा संक्रमण पुष्टि सिरहा कारागार बन्यो हटस्पट, एकैदिनमा २५९ कैदीमा संक्रमण पुष्टि संक्रमितको उपचार गर्न चुनौती हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, २१:०१ मा प्रकाशित जनकपुर – सिरहा कारागारमा तीन दिनमै ५ सय कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रमुख बबिता महतोले पुष्टि गरिन् । उनले भनिन्, ‘कारागारको क्षमता १ सय ५० जनाको मात्र भएपनि हाल ५ सय ९९ कैदी छन् ।’ कारागारमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका रहेका छन् । सबै संक्रमित कैदीहरुलाई कारागारमै राखिएको छ । कारागारका झण्डै ८५ प्रतिशत कैदीबन्दीलाई कोरोना संक्रमण भएपछि उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने बारे कारागार प्रशासन तथा जिल्ला कोभिड संक्रमण व्यवस्थापन केन्द्रको चुनौती भएको उनले बताइन । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान