२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषाका सरकारी कार्यालयहरुमा ह्यान्ड वासिङ स्टेसन जडान, काेराेना सर्नबाट जाेगिने विश्वास

धनुषाका सरकारी कार्यालयहरुमा ह्यान्ड वासिङ स्टेसन जडान, काेराेना सर्नबाट जाेगिने विश्वास


जनकपुर – प्रदेश २ को अस्थायी राजधानी धनुषाका सरकारी कार्यालयहरुमा हात धुने स्टेसन (ह्याण्ड वासिङ स्टेसन) जडान गरिएको छ । जिल्लाभित्र सेवाग्राहीहरुको भिडभाड हुने विभिन्न कार्यालयहरुमा हात धुने स्टेशन जडान गरिएको छ । विश्व हात धुने दिवसको दिन (१५ अक्टोर २०२०) र राष्ट्रिय हात धुने महाअभियान २०७७ को अवसरमा विहिवार जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेटमा हात धुने स्टेशन जडान गरिएको हो ।

जिल्ला समन्वय समिति एवम जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका धनुषाका प्रमुख रामदेव बनरैत यादवको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमकाबीच जिल्ला प्रशासन कार्यालयको मूल गेटमा ह्याण्ड वासिंग स्टेशन जडान गरी हात धोएर उद्घाटन गर्दै हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा जडान गरिएको चार ट्याप भएको हात धुने सटेशनको उद्घाट गर्दै प्रमुख अतिथि यादवले सेवाग्राहीको अत्यधिक भिडभाड हुने कार्यालयमा यसले कोरोनाको सर्ने सम्भावित खतराबाट बचाउने भएकाले सबै सेवाग्राही र कर्मचारीहरुले प्रयोग गर्नुपर्ने बताए ।

कार्यालयको मूल गेटमा कर्मचारी र सेवाग्राही आउने वितिकै ह्याण्ड वासिङ्ग स्टेशनमा पुगेर साबुन पानीले हात धोएर मात्रभित्र गई काम काज गर्ने गराउने बानीको विकास गर्नुपर्नेमा जाेड दिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोनाको संक्रमणबाट बच्ने र लड्ने एक उपाय साबुन पानीले हात धुनु नै अहिलेको महत्वपूर्ण तरिका रहेकोले सबै कर्मचारी तथा सेवाग्रहीहरुलाई कार्यालयमा आउने वित्तिकै हात धोएर मात्र भित्र प्रवेश गर्न आग्रह गरे।

आफ्ना कार्यालयमा समेत सहयोगी तथा दातृ निकायबाट ह्याण्ड वासिंग स्टेशन जडान भएपछि सो को उद्घाटन तथा हस्तान्तर कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले सहयोगी निकायलाई धन्यवाद दिँदै आफुले समेत यसको प्रयोग र संरक्षणमा ध्यान दिने बताए । विश्व हात धुने दिवसको अवसरमा सहयोगी संस्थाले जिल्ला प्रशासन कार्यालयलाई ह्याण्ड वासिङ स्टेसन सँगै तत्काल एक महिनालाई पुग्नेगरी ह्याण्ड वासिंग लिक्युड २० थान र साबुन १७० थान उपलब्ध गराएका हुन ।

उक्त सामग्री हस्तान्तरण गर्दै सहयोगी संस्थाले कार्यालयहरुमा जडान गरिएको ह्याण्ड वासिंग स्टेशनको लागि चाहिने ह्याण्ड वासिङ लिक्युड, साबुन तीन महिनासम्म उपलब्ध गराउने व्यवस्थापन तथा संचालनमा आंशिक सहयोग अनुगमन समेत गर्ने जनाएको छ । यस्तै, स्टेसन जडान गरिएको कार्यालयले व्यवस्थापन र संचालनको लागि एकजना फोकल पर्सन तोक्नु पर्ने, दैनिक सरसफाइ गरी साबुन पानी राख्नुपर्ने, कार्यालयमा आउने सेवाग्राहीहरुलाई हात धोएर मात्र सेवा लिन सिकाउने, हरेक १५ दिनमा कति जना मानिसले हात धुन्छन् जानकारी गराउने र नियमित मर्मत संभार गर्ने प्रतिबद्धता जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी विरुद्ध लड्न तथा संक्रमणको सम्भावित जोखिमबाट बचाउन साबुन पानी नै अहिलेको उत्तम विकल्प रहेको यर्थातलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको बढी आउ जाउ हुने तथा भिडभाड हुने कार्यालय, सार्वजनिक स्थल र अस्पताल, आइसोलेशन सेन्टर तथा क्वारेन्टाइन स्थलहरुमा हात धुने स्टेशन जडान गरिएको सहयोगी संस्थाले जनाएको छ । खुट्टाले प्याडल थिचेर पानी आउने र ह्याण्ड वास आउने तथा साबुन सहितका हात धुने स्टेशन जडान गरिएको सहयोगी संस्था समाज उत्थान युवा केन्द्र (सुयुक)ले जनाएको छ ।

युनिसेफ, एन.सि.भि.को तथा समाज उत्थान युवा केन्द्र (सुयुक) धनुषाको सहयोगमा जिल्लाका सरकारी कार्यालय तथा आइसोलेशन र क्वारेन्टाइ स्थलहरुमा हात धुने स्टेशन जडान गरिएको सुयुकका कार्यकारी निर्देशक सुजित कुमार मण्डलले बताए ।

सुयुकले युनिसेफ, एन.सि.भि.को सहयोगमा धनुषाको जिल्ला प्रशासन कार्यालयमा १ वटा, भूमि सुधार तथा मालपोत कार्यालय १ वटा, जनकपुरधाम विमानस्थलमा १ वटा, जानकी मन्दिरमा २ वटा, श्री श्रीगण (प्रादेशिक आइशोलेसन सेन्टर) १ वटा, प्रादेशिक अस्पतालमा जनकपुरधाममा २ वटा, प्रदेश २ मन्त्रालयको मुल गेटमा १ वटा, गोपाल धर्मशाला क्वारेन्टाईनमा १ वटा, गंगुली आइसोलेशनमा २ वटा, यदुकूहा क्वारेन्टाईनमा (जनता एकाइ मावि) १ वटा जडा गरि सकेको छ भने जिल्ला अदालत धनुषामा १ थान, सशस्त्र प्रहरी कार्यालय मुजेलियामा एक थान र नेपाल पत्रकार महासंघ धनुषा शाखामा समेत एक-एक थान ह्याण्ड वास स्टेशन जडान गर्ने योजना रहेको जनाएको छ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ