२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु

स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा सम्बन्धि काम मन्त्रालयबाट नहुने प्रष्ट पारेको छ ।

कर्मचारीको समायोजनपछि पनि मन्त्रालयमा सरुवा सम्बन्धि निवेदन आउने क्रम बढेपछि मन्त्रालयले सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो ।

मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानुनतः मन्त्रालयलाई नरहेको पनि प्रष्ट पारेको छ ।

समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले  उल्लेख गरेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ