२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु

स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा सम्बन्धि काम मन्त्रालयबाट नहुने प्रष्ट पारेको छ ।

कर्मचारीको समायोजनपछि पनि मन्त्रालयमा सरुवा सम्बन्धि निवेदन आउने क्रम बढेपछि मन्त्रालयले सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो ।

मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानुनतः मन्त्रालयलाई नरहेको पनि प्रष्ट पारेको छ ।

समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले  उल्लेख गरेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ