२०८२ असोज ३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि नेपाल आगमन प्रतिबन्ध

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि नेपाल आगमन प्रतिबन्ध


काठमाडौं—बेलायतमा कोरोना भाइरसको परिवर्तित रुप देखिएपनि त्यहाँबाट नेपाल आगमन प्रतिबन्ध लगाइएको छ । मंगलबारदेखि नेपाल नागरिक उडड्यन प्राधिकरणले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो ।

‘बेलायतबाट आउने र बेलायत ट्रान्जिट बनाएर आउने यात्रुलाई नल्याउन’ प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो । प्राधिकरणकाअनुसार यो सूचना अर्को व्यवस्था नभएसम्मका लागि जारी रहनेछ ।

बेलायतस्थित नेपाली दूतावासले समेत उक्त कुराको पुष्टि गरेको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणमा विस्तार र भाइरसको नयाँ परिवर्तित रुप देखिएसँगै विश्वका अन्य देशहरुले त्यहाँबाट हुने आवातजावतमा रोक लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ