२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि नेपाल आगमन प्रतिबन्ध

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि नेपाल आगमन प्रतिबन्ध


काठमाडौं—बेलायतमा कोरोना भाइरसको परिवर्तित रुप देखिएपनि त्यहाँबाट नेपाल आगमन प्रतिबन्ध लगाइएको छ । मंगलबारदेखि नेपाल नागरिक उडड्यन प्राधिकरणले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो ।

‘बेलायतबाट आउने र बेलायत ट्रान्जिट बनाएर आउने यात्रुलाई नल्याउन’ प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो । प्राधिकरणकाअनुसार यो सूचना अर्को व्यवस्था नभएसम्मका लागि जारी रहनेछ ।

बेलायतस्थित नेपाली दूतावासले समेत उक्त कुराको पुष्टि गरेको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणमा विस्तार र भाइरसको नयाँ परिवर्तित रुप देखिएसँगै विश्वका अन्य देशहरुले त्यहाँबाट हुने आवातजावतमा रोक लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ