२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच कोभिड नियन्त्रणबारे छलफल

कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच कोभिड नियन्त्रणबारे छलफल


वीरेन्द्रनगर-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख गोविन्द कलौनीसँग भेटवार्ता गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा भएको नियमित भेटघाटमा कोभिड-१९ को नियन्त्रण र प्रतिकार्यको लागि छलफल भएको छ ।

यसमा प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा कुराकानी केन्द्रित भएको मुख्यमन्त्री शाहीले जानकारी दिए । शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिड माहामारी फैलिन नदिनेगरी काम भइरहेको बताए ।

कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको शाहीको भनाइ छ ।

प्रदेश प्रमुख कलौनीले कोभिड-१९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै परीक्षण दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ