२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी अपडेट – ३० हजार संक्रमितमध्ये २० हजारभन्दा बढी कोरोनामुक्त, मृतकको संख्या ४२२ पुग्यो

गण्डकी अपडेट – ३० हजार संक्रमितमध्ये २० हजारभन्दा बढी कोरोनामुक्त, मृतकको संख्या ४२२ पुग्यो


पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । गण्डकीका ३० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये २० हजार ३९८ जना कोरोनामुक्त भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार ८ हजार ९०९ जना होम आइसोलेसनमा छन् भने ९ हजार १८० जना सक्रिय संक्रमित छन् । कूल १ लाख ६७ हजार १३७ जनाको कोरोना संक्रमण जाँच गरिएकोमा १ लाख ३७ हजार १३७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

पछिल्ला १ हप्तामा जेठ ४ गते मंगलबार १५, जेठ ३ गते सोमबार २४, जेठ २ गते आइतबार २८ र जेठ १ गते शनिबार १४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यस्तै, वैशाख ३१ गते शुक्रबार २३, वैशाख ३० गते बिहीबार १४ र वैशाख २९ गते बुधबार १६ जनाको ज्यान गएको छ ।
त्यसैगरी, पछिल्लो १ हप्तामा जेठ ४ गते मंगलबार ९५९ संक्रमित हुँदा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जेठ ३ गते सोमबार ८५९ संक्रमित हुँदा २०३ जना कोरोनामुक्त भएका छन् । जेठ २ गते आइतबार ७७७ संक्रमित हुँदा ४३१ जना कोरानामुक्त भए ।

जेठ १ गते शनिबार ७७० जना कोरोना संक्रमित हुँदा ३०० जना कोरोनामुक्त भएका छन् भने वैशाख ३१ गते शुक्रबार ६८० संक्रमित हुँदा ४३१ जना संक्रमणमुक्त भएका थिए । वैशाख ३० गते बिहीबार ५०६ र वैशाख २९ गते बुधबार ९४१ जनामा कोरोना पुष्टि भएको छ ।

निर्देशनालयले मंगलबार पछिल्लो २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै १५ जनाको ज्यान गएको जनाएको छ भने ९५९ जना संक्रमित भएको पुष्टि गरेको छ । सोही अवधिमा ४२९ जना कोरोना मुक्त भएका छन् ।

संक्रमित मध्ये नवपपरासी पूर्वका ७६, स्याङ्जाका ८६, बागलुङका १२३ छन् । यस्तै, कास्कीका सबैभन्दा बढी ४१७, तनहुँका ११२, लमजुङका ८, गोरखाका ३५, पर्वतका ७४, म्याग्दीका २७ र मुस्ताङका १ जना छन् भने मनाङमा नयाँ संक्रमित भेटिएका छैनन् ।

निर्देशनालयका अनुसार मुस्ताङका १ महिला, म्याग्दीका १४ महिला र १३ पुरुष, पर्वतका ३३ महिला र ४१ पुरुष, गोरखाका १६ महिला र १९ पुरुष, लमजुङका २ महिला र ६ पुरुष, तनहुँका ५० महिला र ६२ पुरुष, कास्कीका २१८ महिला र १९९ पुरुष, बागलुङका ६९ महिला र ५४ पुरुष, नवलपरासी सुस्तापूर्वका ३३ महिला र ४३ पुरुष तथा स्याङ्जाका ४३ महिला र ४३ पुरुष छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ