२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश सभा सदस्य डा.यादवद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सभा सदस्य डा.यादवद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


धनुषा–प्रदेशसभा सदस्य डा.अन्जु यादवले वीरगंजको नारायणी अस्पताललाई स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण गरेकी छन् ।

डा.यादवले नन इन्भेसिभ भेन्टिलेटर वाईप्याप १ थान, एम्बु ब्याग २ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सनटेटर, डिजिटल वेटिङ मेसिन, डिजिटल एक्सरे भ्युअर र फोइटल डपलर १÷१ थान र मल्टीभिटामिन एक केस अस्पताललाई हस्तान्तरण गरेकी हुन् ।

डा.यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिइन् । उनले ४ महिनाको तलब बराबरको रकमले कोरोना संक्रमितको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको बताइन् ।

डा.यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरिन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ