२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश सभा सदस्य डा.यादवद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सभा सदस्य डा.यादवद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


धनुषा–प्रदेशसभा सदस्य डा.अन्जु यादवले वीरगंजको नारायणी अस्पताललाई स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण गरेकी छन् ।

डा.यादवले नन इन्भेसिभ भेन्टिलेटर वाईप्याप १ थान, एम्बु ब्याग २ थान, अक्सिजन नेजल क्यानुला ७ थान, अक्सिजन कन्सनटेटर, डिजिटल वेटिङ मेसिन, डिजिटल एक्सरे भ्युअर र फोइटल डपलर १÷१ थान र मल्टीभिटामिन एक केस अस्पताललाई हस्तान्तरण गरेकी हुन् ।

डा.यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिइन् । उनले ४ महिनाको तलब बराबरको रकमले कोरोना संक्रमितको उपचारमा आवश्यक उपकरण उपलब्ध गराएको बताइन् ।

डा.यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरिन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ